आइतबार, असार ७, २०८३

सरकारको आलोचना भएपछि आज कांग्रेस बैठकमा मन्त्रीले जवाफ दिने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आज मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ। सोमबारदेखि कांग्रेस केन्द्रीय समिति बैठक जारी रहेको छ।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आज मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ। सोमबारदेखि कांग्रेस केन्द्रीय समिति बैठक जारी रहेको छ।

National life

सानेपामा आज दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकमा मन्त्रीहरूले सरकारमाथि उठेका विभिन्न प्रस्नको जवाफ दिने छन्। सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको बुधबार एक वर्ष पुगेको छ।

सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको र अहिलेसम्म देखिने तथा सुनिने गरी काम गर्न नसकेको भन्दै सरकारको आलोचना भएपछि मन्त्रीहरूले जवाफ दिन लागेका हुन्।

बुधबार नेता प्रकाशमान सिंहले सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका थिए।

यस्तै  कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले स्थानीय तहको निर्वाचनपछि समीक्षालगायतका विषयमा मन्थन भइरहेको बताए। यसअघिको निर्वाचनको तुलनामा प्राप्त परिणामले केही सन्तोष प्रकट गर्न सकिए पनि पार्टीलाई कसैको बैसाखीबिनै ठूलो पार्टी बनाउन अझै धेरै काम गर्न बाँकी रहेछ भन्ने देशभरबाट आएको परिणामले देखाएको सुनाए।

Shivam cement

स्थानीय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको कार्यसम्पादन, उनीहरुको कार्यशैली र व्यवहारबाट पहिलो चरणमा आमनागरिकले पार्टीको मूल्यांकन गर्ने हुँदा  जनप्रतिनिधिका लागि तत्काल प्रशिक्षणको कार्यक्रम राख्न जरुरी रहेको धारणा व्यक्त गरे।

केन्द्रदेखि स्थानीय तहको वडासम्म पार्टीले सार्वजनिक गरेको घोषणापत्रअनुसार काम गर्ने र उनीहरुले काम गरे/नगरेको मूल्यांककन गर्ने कार्यविधि बनाएर त्यसका आधारमा कार्यकाल सकिएपछि थप अवसर पाउने वा नपाउने सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ। 

स्थानीय तह निर्वाचनमा सहरी इलाकाबाहेकका अधिकांश ग्रामीण इलाकामा स्थानीय मुद्दा रहे पनि अबको केही दिनमा घोषणा हुने संघ र प्रदेशको निर्वाचनमा स्थानीय मुद्दा ओझेल पर्न सक्ने आशंका उनले व्यक्त गरे।

प्रधानमन्त्री देउवाले अर्थ र रक्षा मन्त्रालय पनि सम्हालेका छन्। कांग्रेसबाट केन्द्रीय सदस्य बालकृष्ण खाण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की सञ्चार मन्त्री, उमा रेग्मी महिला तथा बालबालिका मन्त्री, दीलेन्द्रप्रसाद बडू उद्योग मन्त्री, नारायण खड्का परराष्ट्र मन्त्री, उमाकान्त चौधरी खानेपानी मन्त्री, उमेश श्रेष्ठ राज्यमन्त्री रहेका छन्।

प्रकाशित: Jul 14, 2022| 08:10 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...