सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • साढे दुई वर्षपछि उपसभामुखको खोजी, आजबाट निर्वाचन प्रक्रिया अघि बढाइने

साढे दुई वर्षपछि उपसभामुखको खोजी, आजबाट निर्वाचन प्रक्रिया अघि बढाइने

प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन शुक्रबार हुने भएको छ। यससँगै साढे दुई वर्षपछि संसदले उपसभामुख पाउने भएको छ।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं- प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन शुक्रबार हुने भएको छ। यससँगै साढे दुई वर्षपछि संसदले उपसभामुख पाउने भएको छ। 

२०७६ माघदेखि रिक्त रहेको उपसभामुखको पद पूर्ति हुन सकेको छैन। तर, संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको कार्यकाल सकिनै लाग्दा उपसभामुखको खोजी सुरु भएको छ।

निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले संघीय एवं प्रदेश निर्वाचनको मिति घोषणाको गृहकार्य गरिरहेका बेला प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले २०७३ माघ ६ गते राजीनामा दिएकी थिइन्। त्यस यता उपसभामुख पद रिक्त रहेको छ।

संसद सचिवालयले उपसभामुखको निर्वाचन शुक्रबार हुने गरी बुधबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। सोही तालिका अनुरुप आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म प्रतिनिधिसभाका कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिने छ।

आजै साढे १ बजे दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने र र ३१ गते शुक्रबार दिउँसो ३ बजे बैठकमा उपसभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव पेस गरिने छ।

उम्मेदवारको सूचीमाथि सामूहिक छलफल हुने र दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने प्रावधान रहेको छ। 

सभामुख अग्निप्रसाद सापकोटा माओवादी केन्द्रबाट आएका हुन्। त्यसैले उपसभामुखमा एमाले, कांग्रेस, जसपा, जनमोर्चा लगायत दलबाट दाबी गर्न पाउने छन्।

प्रकाशित: Jul 14, 2022| 06:58 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...