आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सञ्जय गौतमलाई थर्काउँदै देउवाले भने- विधान संशोधन गरेर तेस्रो पटक सभापति बन्न सक्छु!

सञ्जय गौतमलाई थर्काउँदै देउवाले भने- विधान संशोधन गरेर तेस्रो पटक सभापति बन्न सक्छु!

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले केन्द्रीय सदस्य सञ्जय गौतमलाई थर्काएका छन्।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले केन्द्रीय सदस्य सञ्जय गौतमलाई थर्काएका छन्। बुधबार बैठकमा बोल्ने क्रममा गौतमले पार्टी विधान अनुसार नचलेको बताएपछि देउवा आक्रोशित बनेका थिए। 

National life

गौतमले विभागहरू गठन नभएको, भातृसंस्थाको नेतृत्व चयन नभएको विषयमा असन्तुष्टि व्यक्त गरेका थिए। उनले गठबन्धन भनेर मात्र नहुने कांग्रेसले आफ्ना मतदाता पनि बढाउनुपर्नेसमेत बताएका थिए।

'पार्टी विधानअनुसार सञ्चालन भएन। भातृसंस्थामा पनि नेतृत्व चयन र महाधिवेशन गरेर चुस्त बनाऔँ,' बैठकमा गौतमले भने, 'गठबन्धन मात्र भनेर मात्रै पनि हुँदैन। आफ्ना मतदाता पनि बढाउनुपर्छ।'

गठबन्धन मात्र भनेर हिँड्दा कांग्रेस झन कमजोर हुने गौतमले पुनः दोहोर्‍याएपछि देउवा अझ आक्रोशमा आएका थिए। 'त्यसो भए चुनाव जितरे आउनु परो नि त! बर्दियामा कांग्रेस हारेको हारेकै छ,' देउवाले भनेका थिए। 

यसपछि गौतमलाई रोक्दै देउवाले आफूसँग विधान संशोधनसम्म गर्ने शक्ति भएको बताएका थिए। 'ठूला कुरा नगर्नुस्, विधान संशोधन गरेर तेस्रो पटक सभापति भइदिन्छु,' गौतमतर्फ इंगित गर्दै सभापति देउवाले बताएका थिए।

Shivam cement

देउवाको उक्त कुरा आएपछि बलबहादुर केसीले भने असन्तुष्टि जनाइहालेका थिए। बलबहादुरले भनेका थिए, 'तपाईं पहिलो पटक, दोस्रो पटक पनि सभापति भएको देखिएकै हो। कांग्रेसलाई केही भएको छैन। तेस्रो पटक नै भएपनि कांग्रेसलाई के चाहिँ हुन्छ त? विधान संशोधन गरेर पुनः सभापति भए भइहाल्यो नि!' 

बर्दियामा तत्कालीन एमालेका उम्मेदवार वामदेव गौतमलाई हराएर सञ्जय चुनाव जितेर आएका नेता हुन्। यो विषयलाई हेक्का नराखी सभापति देउवा बैठकमा प्रस्तुत भएको कांग्रेसकै अर्का एक केन्द्रीय सदस्य बताउँछन्। 

प्रकाशित: Jul 13, 2022| 18:17 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...