आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस केन्द्रीय समिति बैठक : बैसाखीबिनै पार्टीलाई ठूलो बनाउन आग्रह

कांग्रेस केन्द्रीय समिति बैठक : बैसाखीबिनै पार्टीलाई ठूलो बनाउन आग्रह

प्रतिपक्षमा हुँदा उठाएका मुद्दा र सत्तापक्ष भएपछिका मुद्दालाई समान ढंगले हेर्न कांग्रेस नेतृत्वलाई सुझाव।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

काठमाडौं–सत्तारुढ नेपाली कांग्रेसको मुख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकका सहभागी नेताले आ–आफ्ना विचार राख्ने क्रम जारी छ।

National life

बुधबारको बैठकमा कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले स्थानीय तहको निर्वाचनपछि समीक्षालगायतका विषयमा मन्थन भइरहेको बताए। यसअघिको निर्वाचनको तुलनामा प्राप्त परिणामले केही सन्तोष प्रकट गर्न सकिए पनि पार्टीलाई कसैको बैसाखीबिनै ठूलो पार्टी बनाउन अझै धेरै काम गर्न बाँकी रहेछ भन्ने देशभरबाट आएको परिणामले देखाएको सुनाए।

स्थानीय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको कार्यसम्पादन, उनीहरुको कार्यशैली र व्यवहारबाट पहिलो चरणमा आमनागरिकले पार्टीको मूल्यांकन गर्ने हुँदा  जनप्रतिनिधिका लागि तत्काल प्रशिक्षणको कार्यक्रम राख्न जरुरी रहेको धारणा व्यक्त गरे।

केन्द्रदेखि स्थानीय तहको वडासम्म पार्टीले सार्वजनिक गरेको घोषणापत्रअनुसार काम गर्ने र उनीहरुले काम गरे/नगरेको मूल्यांककन गर्ने कार्यविधि बनाएर त्यसका आधारमा कार्यकाल सकिएपछि थप अवसर पाउने वा नपाउने सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ। 

स्थानीय तह निर्वाचनमा सहरी इलाकाबाहेकका अधिकांश ग्रामीण इलाकामा स्थानीय मुद्दा रहे पनि अबको केही दिनमा घोषणा हुने संघ र प्रदेशको निर्वाचनमा स्थानीय मुद्दा ओझेल पर्न सक्ने आशंका उनले व्यक्त गरे।

Shivam cement

प्रतिपक्षमा हुँदा उठाएका मुद्दा र सत्तापक्ष भएपछिका मुद्दालाई समान ढंगले हेर्नुपर्ने उनको भनाइ छ। ‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा पार्टीको मौनता, तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री मातहत विभाग र निकाय लैजाँदा विरोध गरेको बिर्सिएर त्यसैमा रमाउनु सुखद होइन’, उनले भने। 

सत्तारुढ गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धनको समीक्षा गर्दै कतिपय आरोप लगाएकामा कांग्रेसले त्यसको जवाफ दिनुपर्ने धारणा उनको छ। संघीय र प्रदेशको निर्वाचन मिति घोषणाकै सम्मुखमा पार्टीले गर्ने समीक्षाको लक्ष्य एकल बहुमतको सरकारको हुनुपर्ने धारणा उनले राखे।

बैठकमा कांग्रेस नेता प्रकाशमान सिंहले सरकार गतिशील नभएको र एकपछि अर्को गल्ती गर्दै गएको बताए।

प्रकाशित: Jul 13, 2022| 17:58 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...