सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाल श्रीलंकाको बाटोमा जाँदैन, बिजुली बेचेरै अर्बौं कमाउन सकिन्छ : ज्ञानेन्द्रबहादुर कार्की

नेपाल श्रीलंकाको बाटोमा जाँदैन, बिजुली बेचेरै अर्बौं कमाउन सकिन्छ : ज्ञानेन्द्रबहादुर कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री र सरकारका समेत रहेका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले नेपाल श्रीलंकाको बाटोमा नजाने दाबी गरेका छन्।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री र सरकारका समेत रहेका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले नेपाल श्रीलंकाको बाटोमा नजाने दाबी गरेका छन्। कांग्रेस केन्द्रीय समितिमा बैठकमा बोल्दै नेता कार्कीले यस्तो बताएका हुन्।

'अर्थतन्त्र कमजोर छ। तर ढुक्क हुनुहोस् म दाबी गर्छु नेपाल श्रीलंकाको बाटोमा जाँदैन। हामीलाई पुग्ने स्रोत साधन देशभित्रै विकास गर्न सकिन्छ,' उनले भने, 'बिजुली बेचेरै महिनामा अर्बौं कमाउन हामीलाइ गाह्रो छैन।'

हिजोको दिनमा हप्तैपिच्छे करोडौं भ्रष्टाचार भएको समाचार आउने तर आफूसहितको सरकार बनेपछि देशमा सुशासन कायम भएको उनको भनाइ छ। स्थानीय तहको परिणामले नेपाली जनताको मनोविज्ञानमा परिवर्तन ल्याएको र आन्तरिक एकतालाई बलियो बनाएर नेपाली कांग्रेसलाई मुलुकको सबैभन्दा ठूलो र भरोसायोग्य पार्टी बनाउनु पर्नेसमेत उनले धारणा राखेका थिए। 

राजनीतिक स्थायित्वका लागि गठबन्धनलाई निरन्तरता जरूरी रहेको उनले उल्लेख गरे। 

प्रकाशित: Jul 13, 2022| 16:49 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...