सोमबार, साउन २५, २०८३

कांग्रेस बैठकमा महामन्त्रीद्वयको कार्यशैलीप्रति उठ्यो प्रश्न

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचन आयोग पुगेको विषयमा केन्द्रीय समिति बैठकमा प्रश्न उठेको छ। केन्द्रीय सदस्य राजीव ढुंगानाले यस्तो प्रश्न उठाएका हुन्।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचन आयोग पुगेको विषयमा केन्द्रीय समिति बैठकमा प्रश्न उठेको छ।  केन्द्रीय सदस्य राजीव ढुंगानाले यस्तो प्रश्न उठाएका हुन्। 

सोमबार सुरु भएको बैठकमा बुधबार बोल्ने पालो पाएका ढुंगानाले पार्टीमा महामन्त्रीहरू निर्वाचन आयोगमा जान नमिल्ने बताएका हुन्। विदेशमा बसेकालाई मताधिकारको व्यवस्था गर्न माग गर्दै महामन्त्रीद्वय निर्वाचन आयोग पुगेका थियव। 

'विदेशका नागरिकलाई त्यहीँबाट मताधिकारको व्यवस्था गर्ने विषय पहिले केन्द्रीय समितिमा छलफल हुनुपर्ने थियो। पार्टीमा छलफल नगर्ने तर दुई महामन्त्री निर्वाचन आयोग जाने मिल्ने कुरा होइन,' ढुंगानाले भने। 

'आफूखुसी कुरा गर्दै जाने हो भने पार्टी व्यवस्थित हुन नसक्ने बताएका हुन्। 'भोलि अर्को पदाधिकारी कोहीसँग कुरा गर्लान्। त्यसलाई पार्टीको निर्णय कसरी मान्न सकिन्छ? उनले भने, 'जे कुरा गर्नुपर्छ। केन्द्रीय समितिको बैठकमा गरौं।'

शेखर कोइराला समूहले गरेका बैठकप्रति पनि उनको आपत्ति थियो। पार्टी प्यालेसमा बोलेर पार्टी नसुध्रिने उनको भनाइ छ। 


प्रकाशित: Jul 13, 2022| 16:03 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...