सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • धनश्यामको दाबी : सार्वजनिक पद धारण गरेका व्यक्ति पार्टीमा व्यवस्था छैन

धनश्यामको दाबी : सार्वजनिक पद धारण गरेका व्यक्ति पार्टीमा व्यवस्था छैन

नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले आफू नेतृत्वको समितिमा गभर्नर महाप्रसाद अधिकारी सदस्य नरहेको दाबी गरेका छन्। बुधबार फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो दाबी गरेका हुन्।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

काठमाडौं- नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले आफू नेतृत्वको समितिमा गभर्नर महाप्रसाद अधिकारी सदस्य नरहेको दाबी गरेका छन्। बुधबार फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो दाबी गरेका हुन्। 

'हाम्रा कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था पनि नभएको कुरा जानकारी गराउन चाहान्छु,' भुसालको फेसबुक स्टाटसमा लेखिएको छ। 

सार्वजनिक पद धारण गरेका व्यक्तिहरु पार्टी कमिटीमा रहने व्यवस्था नभएकोसमेत उनको दाबी छ। 

गर्भनर महाप्रसाद अधिकारी 'एम अधिकारी'को नाममा एमालेको अर्थ तथा योजना विभागमा रहेको विषयमा सामाजिक सञ्जाल, सडक र सदनसम्म प्रश्न उठेपछि भुसाल बोलेका हुन्। 

विभागमा खोटाङका एम अधिकारी सदस्य छन्। गभर्नर महाप्रसाद अधिकारीले कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफू नभएको स्पष्ट पारिससकेको उनको भनाइ छ। 


प्रकाशित: Jul 13, 2022| 15:41 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...