सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सांसद विमला विकको गुनासो- डाक्टरले नाफा आउने कम्पनीको औषधि किनाउँछन्

सांसद विमला विकको गुनासो- डाक्टरले नाफा आउने कम्पनीको औषधि किनाउँछन्

सांसद विमला विकले औषधिमा नियमन नहुँदा उपभोक्ता निकै मारमा पर्ने गरेको गुनासो गरेकी छन्।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

काठमाडौं‍- सांसद विमला विकले औषधिमा नियमन नहुँदा उपभोक्ता निकै मारमा पर्ने गरेको गुनासो गरेकी छन्। 

नियमन नहुँदा डाक्टरहरूले नाफा हुने औषधि सिफारिस गर्ने गरेको र उपभोक्ता सोही औषधि खरिद गर्न बाध्य रहेको बताएकी हुन्।

'कुन कम्पनीको औषधि खाने भनेर रोज्ने अधिकार उपभोक्तालाई छैन। त्यो अधिकार डाक्टर साबलाई छ। डाक्टर साबले जुन औषधि खाऊ भन्नुहुन्छ। जुन कम्पनीको औषधि खाऊ भन्नुहुन्छ। त्यहि हामीले खानुपर्छ,' उनले भनिन्, 'उहाँहरूले जुन कम्पनीको औषधिमा बढी नाफा हुन्छ। त्यही सिफारिस गर्नू हुन्छ।'

डाक्टरले नाफा आउने कम्पनीको औषधि खरिदका लागि सिफारिस गर्नू गलत रहेको भन्दै उनले त्यसको नियमन हुनुपर्ने बताएकी छन्। उनले यस विषयमा स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराउन चाहेको बताएकी छन्।

प्रकाशित: Jul 13, 2022| 13:45 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...