सोमबार, साउन २५, २०८३

चार दिने भ्रमणको अन्तिम दिन लिउले राष्ट्रपतिलाई भेटे

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) विदेश विभाग प्रमुख लिउ चियानचाओ नेतृत्वको टोली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

काठमाडौं– नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) विदेश विभाग प्रमुख लिउ चियानचाओ नेतृत्वको टोली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।

बुधबार राष्ट्रपति निवास महाराजगन्जमा भएको भेटमा राष्ट्रपति भण्डारीले नेपाल आफ्नो विकास प्रक्रियामा छिमेकीसहित मित्रराष्ट्रहरूको साथ लिएर बढ्ने बताएकी छन्। 

नेपालको चार दिने भ्रमणको अन्तिम दिन लिउले राष्ट्रपतिलाई भेटेका हुन्। राष्ट्रपति भण्डारीले नेपाल–चीन सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले थप उचाइमा पुर्‍याएको बताएकी थिइन्।

चिनियाँ नेता लिउले भने आफ्नो नेपालको भ्रमण यहाँका पार्टीहरूसँगको सम्बन्ध बढाउनु रहेको बताएका थिए। लिउले नेपाल र चीनबीचको सम्बन्ध मित्रता, पारस्परिक लाभ र द्विपक्षीयहितको आधारमा विकास भइरहेको बताएका थिए।

बिहान साढे १० बजे राष्ट्रपति निवास पुगेका लिउ सवा ११ बजे बाहिरिएका थिए। लिउ आज बेलुका नै बेइजिङ फर्कने कार्यक्रम छ। आइतबार काठमाडौं ओर्लिएका लिउले सोही दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका थिए।

लिउले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरे भने मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटे।


प्रकाशित: Jul 13, 2022| 13:39 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...