सोमबार, साउन २५, २०८३

नागरिकता विधेयक संशोधन प्रस्ताव प्रतिनिधि सभामा पेस

प्रतिनिधि सभाको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ पेस भएको छ। गृहमन्त्री बालकृष्ण खाणले बुधबारको बैठकमा विधेयक पेस गरेका छन्।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

काठमाडौं- प्रतिनिधि सभाको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’  पेस भएको छ। गृहमन्त्री बालकृष्ण खाणले बुधबारको बैठकमा विधेयक पेस गरेका छन्।

नागरिकता विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवाल, शेरबहादुर तामाङ र भीमबहादुर रावलले विरोधको सूचना प्रस्तुत गरेका थिए। उनीहरूको प्रस्तावलाई प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ पेस गर्दा अस्वीकृत भएको छ।

एमाले सांसद रावलले राज्य व्यवस्था समितिले छलफल गरेर प्रतिवेदन पेस गरिसकेको अवस्थामा पहिलेको विधेयक फिर्ता लिएर नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउनु समितिकै अवहेलना भएको बताए। एमालेकै अर्का सांसद तामाङले लैंगिक पहिचानसहित आमा वा बाबुको नामबाट नागरिकता प्राप्त गर्ने मर्मविपरीत विधेयक आएको दाबी गरे।

नेमकिपाका सांसद सुवालले खुला सीमा नियमन गर्नुपर्ने, संघ र प्रदेशको अलग–अलग नेपाली नागरिकताको व्यवस्था गर्न माग गरे।

सरकारले २०७५ सालमै ल्याएको नागरिकता विधेयक दुई वर्ष प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएर सदनमा फर्किएको थियो। 

पछि केपी ओली नेतृत्वको सरकार परिवर्तन भएर शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको एक वर्षपछि सो विधेयक फिर्ता लिइएको थियो। 

विचाराधीन विधेयक फिर्ता लिएर सरकारले नयाँ विधेयक दर्ता गरेको हो।


प्रकाशित: Jul 13, 2022| 12:48 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...