सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपति भण्डारी र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच शिष्टाचार भेटवार्ता भएको छ।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच शिष्टाचार भेटवार्ता भएको छ। 

राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच दुई देशबीचको सम्बन्ध र पारस्परिक सहयोगका बारेमा छलफल भएको हो। 

यसअघि लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालाई छुट्टाछुट्टै भेटेका थिए। 

यस्तै उनले हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको थियो भने यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका थिए। भेटमा लिउले नेपालमा कुनै पनि चीनविरोधी गतिविधि हुन नपाओस् भन्नेमा जोड दिएका छन्। 

गएको आइतबार चार दिने भ्रमणमा आउनुभएका लिउ आज स्वदेश फर्किँदै छन्।

प्रकाशित: Jul 13, 2022| 12:40 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...