आइतबार, असार ७, २०८३

वीरगन्जमा उपेन्द्र पक्षीय केन्द्रीय समिति बैठक आज हुँदै

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पक्षीय केन्द्रीय समितिको बैठक आज वीरगन्जमा सुरु हुँदै छ।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पक्षीय केन्द्रीय समितिको बैठक आज वीरगन्जमा सुरु हुँदै छ।

National life

फुटको संघारमा पुगेको सत्ता साझेदार दल जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले छुट्टाछुट्टै बैठक आह्वान गरेका छन्।

भट्टराई पक्षको बैठक मंगलबारदेखि काठमाडौंमा जारी छ। दुई अध्यक्ष यादव र भट्टराईबीचको विवादले जसपा औपचारिक विभाजनतिर उन्मुख भएको छ। 

छुट्टै बैठकका लागि अध्यक्ष यादवसहितका नेताहरू मंगलबारै वीरगन्ज पुगिसकेका छन्।

प्रकाशित: Jul 13, 2022| 07:26 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...