सोमबार, साउन २५, २०८३

संसद बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्ने भएको हो।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

काठमाडौं-  संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्ने भएको हो।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्व विद्यालय विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भनी प्रस्ताव प्रस्तुत् गर्ने, ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवाल, शेरबहादुर तामाङ र डा. भीमबहादुर रावलले प्रस्तुत गरेको विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। 

बैठकमा गृहमन्त्री वालकृष्ण खाँडले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्ने, राष्ट्रिय सभाको सन्देशसहितको ‘नेपाल रेल्वे विधेयक, २०७९’ संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने, ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत् गर्नेलगायत कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।


 




प्रकाशित: Jul 13, 2022| 06:27 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...