आइतबार, असार ७, २०८३

चिनियाँ विदेश विभाग प्रमुख लिउसँग कांग्रेसले के कुरा गर्‍यो?

चिनियाँ विदेश विभाग प्रमुख लिउ जियान्चाओ चार दिने नेपाल भ्रमणमा रहेका छन्। उनले सोमबार नेपाली कांग्रेसको प्रतिनिधिमण्डलसँग भेट गरेका छन्। उक्त भेटको विषयमा स्पष्ट पार्दै कांग्रेस महामन्त्री गगन थापाले दुबै पक्षबीच नेपाल र चीनबीचको विशिष्ट सम्बन्धका विभिन्‍न आयामका बारे छलफल भएको महामन्त्री थापाले जानकारी गराएका छन्।
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

काठमाडौं- चिनियाँ विदेश विभाग प्रमुख लिउ जियान्चाओ चार दिने नेपाल भ्रमणमा रहेका छन्। उनले सोमबार नेपाली कांग्रेसको प्रतिनिधिमण्डलसँग भेट गरेका छन्। उक्त भेटको विषयमा स्पष्ट पार्दै कांग्रेस महामन्त्री गगन थापाले दुबै पक्षबीच नेपाल र चीनबीचको विशिष्ट सम्बन्धका विभिन्‍न आयामका बारे छलफल भएको महामन्त्री थापाले जानकारी गराएका छन्।

National life

भेटका क्रममा छलफल भएका विषयहरु:

१. नेपाली कांग्रेस, नेपाल-चीनबिचको चीरकालदेखि रहेको विशिष्ट सम्बन्ध र नेपाल-चीन सम्बन्धलाई विशिष्ट बनाउन पार्टीका संस्थापक नेता बिपी कोइरालाले पुर्‍याएको योगदानप्रति गौरव र स्मरण गर्दछ। 

२. नेपाली कांग्रेस एक चीन नीतिमा प्रतिबद्ध छ। नेपाली भूभाग छिमेकी मित्र राष्ट्रका विरुद्धमा प्रयोग हुन नदिने कुरामा प्रस्ट, संवेदनशील र सचेत छ। 

३. नेपाल कांग्रेस चीन लगायत अन्य छिमेकी, शक्ति राष्ट्र तथा मित्र राष्ट्रहरूसँग सम्मानपूर्ण, मित्रवत् तथा सुमधुर सम्बन्ध राख्छ, राख्‍न चाहन्छ। साथै, शक्ति राष्ट्रहरूबिच समान, सम्मानपूर्ण र सुमधुर सम्बन्ध होस भन्ने अपेक्षा पनि गर्दछ। तर, शक्ति राष्ट्रहरूबीच हुने कुनै पनि रणनीतिक, सामरिक, सैन्य गठबन्धन वा अन्य प्रकारका प्रतिस्पर्धामा नेपाल सहभागी हुँदैन, हुनुहुँदैन भन्नेमा नेपाली कांग्रेस प्रस्ट छ। 

Shivam cement

४. नेपाली कांग्रेस नेपालमा विद्यमान विकासको आवश्यकता, उत्कट चाहना र त्यसका लागि आवश्यक स्रोतको अभाव र अन्तरलाई परिपूर्ति गर्न सबै छिमेकी तथा मित्र राष्ट्रहरूबाट नेपालको राष्ट्रिय हित अनुकूल सहयोग र सहायता लिनुपर्छ भन्ने ठान्दछ। नेपालको आफ्नो राष्ट्रिय हितमा हुने गरी सबै मित्र राष्ट्रहरूबाट विकास सहयता लिनुपर्छ भन्ने नेपाली कांग्रेसको धारणा हो। नेपालको विद्यमान आर्थिक अवस्था र विकासको जुन चरणमा नेपाल आज उभिएको छ त्यस चरणबाट अघि बढ्न सबै मित्र राष्ट्रहरूबाट प्राप्त हुने स्रोतको व्यवस्थापन आवश्यक रहेको छ। 

५. यस परिवेशमा नेपाल चीनको निकटतम छिमेकी तथा मित्र राष्ट्र भएकोले नेपाली कांग्रेस, चीन सरकारले नेपाललाई प्रदान गर्दै आएको विकास सहायता र सहयोगको उच्च कदर गर्दै, भविष्यमा अझै प्रभावशाली सहयोगको सदैव अपेक्षा राख्दछ। यस सन्दर्भमा चीन सरकारले अघि सारेको  बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाबाट नेपालले लाभ लिनुपर्छ भन्ने ठान्दछ । साथै चीन सरकारसँग नेपालले विगतमा गरेका विभिन्न सहमति तथा सम्झौताको कार्यान्वयनमा ढिलाइ गर्नु हुन्‍न भन्‍नेमा नेपाली कांग्रेस प्रस्ट छ। 

६. नेपाली कांग्रेस, नेपाली लोकतन्त्र र राजनीतिमा सबैभन्दा महत्त्वपूर्ण, पुरानो, र परिपक्व राजनीतिक शक्ति हो। अतः चीनप्रतिको नेपाली कांग्रेसको धारणा र दृष्टिकोण चुनावी परिणाम वा सरकारमा नेपाली कांग्रेसको उपस्थितिको बनोटबाट निर्देशित हुँदैन। नेपाल र चीनको न्यानो र ऐतिहासिक सम्बन्ध छ। नेपाली कांग्रेस चीनलाई नेपालको महत्त्वपूर्ण मित्रराष्ट्रको रूपमा लिँदै आएको छ र भविष्यमा पनि लिने छ। साथै निकट्तम् छिमेकी समेत भएकाले चीन नेपालको विकास प्रक्रियाको महत्त्वपूर्ण साझेदार हो भन्ने बुझाई नेपाली कांग्रेसको हो।  

७. चीनको, नेपाल र नेपालका दलहरूसँगको सम्बन्ध र व्यवहार पनि सधैँ समान रहन्छ, कुनै विशिष्ट विचार मध्यनजर रहँदैन भन्‍ने अपेक्षा र विश्वास राख्दछ।



प्रकाशित: Jul 12, 2022| 20:10 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...