आइतबार, असार ७, २०८३

महँगी नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्छ : कुन्दनराज काफ्ले

नेपाली कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले महँगी नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। मंगलबार केन्द्रीय समिति बैठकमा बोल्दै नेता काफ्लेले यस्तो बताएका हुन्।
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले महँगी नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। मंगलबार केन्द्रीय समिति बैठकमा बोल्दै नेता काफ्लेले यस्तो बताएका हुन्। 

National life

राष्ट्र बैंकको तथ्यांक कोट गर्दै उनले महँगी नियन्त्रणका लागि पार्टीले निर्देशित गर्नुपर्ने बताएका थिए। 'नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार खाध्यान्यमा २२ प्रतिशत मुल्यवृद्धि छ, त्यस्तै आर्थिक आधारमा उपभोक्ता मूल्य सुचकाङ्कमा आधारित मूल्यवृद्धि ८.५६ प्रतिशत रहेको छ। जुन राष्ट्र बैंकको सीमा भन्दा २ प्रतिशत बढी हो,' उनले भने, 'पार्टीले सरकारलाई यस विषयमा गम्भीर हुँदै मूल्यवृद्धि नियन्त्रण र अतिविपन्न परिवारको रोजीरोटीको लागि विशेष व्यवस्थाको लागि निर्देशित गर्नुपर्दछ।'

मल अभावको समाधान गर्न तत्कालीन र दीर्घकालीन उपायको खोजी गरी सरकारलाई निर्देशित गर्नुपर्ने उनको भनाइ छ। 

चुनावमा बलियो गरी गठबन्धन गर्नुपर्ने उनको भनाइ छ। 'गणतन्त्रवादी र संविधान पक्षधरको एकता मजबुत बनाउँदै, आगामी निर्वाचनमा नेपाली कासलाई विजयउन्मुख बनाउँदै, देशको सर्वपक्षीय विकास, आर्थिक र परराष्ट्र नीतिमा एकरुपतालाई मध्यनजर गरी गठबन्धन गर्नुपर्छ,' उनले भने। 

प्रकाशित: Jul 12, 2022| 18:28 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...