सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मोहन बस्नेतको चेतावनी- मेरो गृहजिल्ला अग्नि सापकोटालाई छाड्नु भयो भने विद्रोह गर्छु

मोहन बस्नेतको चेतावनी- मेरो गृहजिल्ला अग्नि सापकोटालाई छाड्नु भयो भने विद्रोह गर्छु

'चुनावमा गठबन्धन गर्नुस्, मेरो केही भन्नू छैन। मेरो गृहजिल्लामा खेल्ने प्रयास नहोस्,' उनले भने, 'यदि खेल्ने प्रयास भयो भने विद्रोह गर्छु। अग्नि सापकोटालाई छाड्नु भयो भने म विद्रोहका लागि तयार छु।'
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतले चुनावी तालमेल गर्दा आफ्नो गृहजिल्ला अर्को कुनै दललाई दिइए विद्रोह गर्ने चेतावनी दिएका छन्। सोमबारबाट जारी केन्द्रीय समिति बैठकमा मंगलबार धारणा राख्दै बस्नेतले यस्तो चेतावनी दिएका हुन्। 

'चुनावमा गठबन्धन गर्नुस्, मेरो केही भन्नू छैन। मेरो गृहजिल्लामा खेल्ने प्रयास नहोस्,' उनले भने, 'यदि खेल्ने प्रयास भयो भने विद्रोह गर्छु। अग्नि सापकोटालाई छाड्नु भयो भने म विद्रोहका लागि तयार छु।' 

उनले आफू समानुपातिक उम्मेदवार नबस्ने समेत बताएका थिए। आफू प्रत्यक्षमा चुनाव लड्ने उनको भनाइ छ। '१० करोड दिएपनि म समानुपातिक बस्दिनँ मेरो निर्वाचन क्षेत्रमा सबै पालिका कांग्रेसले जितेको छ।'

प्रकाशित: Jul 12, 2022| 18:14 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...