सोमबार, साउन २५, २०८३

केपी ओलीको शैली पछ्याउने छुट सरकारलाई छैन : रामचन्द्र पौडेल

'केपी ओलीले संविधान भत्काएका थिए। त्यसलाई ट्र्याकमा ल्याउनुपर्छ,' उनले भने, 'सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी विधयेक फिर्ता हुन्छ, हुनुपर्छ। यो सरकारलाई केपी ओलीको शैली पछ्याउने छुट छैन। त्यो हामी हुन दिँदैनौँ।'
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेस नेतृत्वको सरकारलाई केपी शर्मा ओली नेतृत्वको सरकारको शैली पछ्याउने छुट नभएको बताएका छन्। मंगलबार केन्द्रीय कार्यालय सानेपामा भएको केन्द्रीय समिति बैठकमा यस्तो बताएका हुन्। 

'केपी ओलीले संविधान भत्काएका थिए। त्यसलाई ट्र्याकमा ल्याउनुपर्छ,' उनले भने, 'सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी विधयेक फिर्ता हुन्छ, हुनुपर्छ। यो सरकारलाई केपी ओलीको शैली पछ्याउने छुट छैन। त्यो हामी हुन दिँदैनौँ।'

उनले नेपालका राष्ट्रिय समस्या समधान गर्न सजग हुनुपर्ने समेत बताए। आर्थिक संकट, मूल्यवृद्धि रोक्नपर्ने र भ्रष्टाचार घटाउन अख्तियार सक्रिय बनाउनुपर्ने उल्लेख गरेका थिए। 

यस्तै गठबन्धन आवश्यक भएको उनको भनाइ थियो। 'अहिलेको सन्दर्भमा गठबन्धन आवश्यक छ। अहिले सिद्धान्तको कुरा गर्ने बेला होइन, राष्ट्रिय आवश्यकताको कुरा हो,' उनले थपे, 'स्थायित्व चाहने हो भने गठबन्धन आवश्यक छ। कांग्रेस र कम्युनिस्ट भन्ने बेला हैन यो। यो त स्थायित्व दिने कुरा हो। त्यसकारण गठबन्धन गरौँ। मापदण्डका बारेमा छलफल गरौँला।'

बैठकमा हालसम्म ४८ केन्द्रीय सदस्यले बोलेका छन्। बुधबार दिउँसो १ बजे पुनः बस्ने गरी बैठक मंगलबारका लागि सकिएको छ। 

प्रकाशित: Jul 12, 2022| 18:04 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...