आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • शेखर कोइरालालाई जितजंगको प्रश्न- सुराकी खटाएको कुरा त्यतिबेलै किन नभनेको?

शेखर कोइरालालाई जितजंगको प्रश्न- सुराकी खटाएको कुरा त्यतिबेलै किन नभनेको?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले सभापति देउवाले सुराकी खटाएको विषय त्यसबेलै किन नभनेको भन्दै प्रश्न गरेका छन्। मंगलबार केन्द्रीय समिति बैठकमा भाग लिँदै उनले यस्तो बताएका हुन्।
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले सभापति देउवाले सुराकी खटाएको विषय त्यसबेलै किन नभनेको भन्दै प्रश्न गरेका छन्। मंगलबार केन्द्रीय समिति बैठकमा भाग लिँदै उनले यस्तो बताएका हुन्। 

'सुराकी खटाएको विषय त्यतिबेला किन नभनेको? त्यही बेला भनेको भए अर्कै कुरा हुन्थ्यो,' उनले प्रश्न गरे, 'अहिले किन प्रोपागाण्डा किन गर्नु भयो? त्यही बेला भनेको भए हामी पनि तपाईंको पत्रकार सम्मेलनमा आउँथ्यौँ,' उनले भने। 

सोमबार केन्द्रीय समिति बैठकमा बोल्दै नेता शेखर कोइरालाले आफ्ना पछाडि सभापति देउवाले सुराकी खटाएको उल्लेख गर्दै बस्नेतले कोइरालालाई यस्तो प्रश्न उठाएका हुन्। मंगलबार बस्नेतले कोइरालामाथि यस्तो विषय उठाएका हुन्। 

उनले टिकट वितरणको अधिकार जिल्ला तहलाई दिन समेत माग गरेका थिए। 'टिकट वितरणको अधिकार कि जिल्ला र केन्द्रलाई दिइयोस्,' उनले भने, 'केन्द्रीय सदस्यको भूमिका कम भयो। कसले टिकट पया र ताली पड्काउ भनेर बस्ने अवस्था आयो। त्यसकारण केन्द्रीय सदस्यको भूमिका बढाउनु पर्छ।'

प्रकाशित: Jul 12, 2022| 17:53 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...