मंगलबार, जेठ १३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसमा १२१ तहको मर्यादाक्रम प्रस्ताव, केन्द्रीय सदस्यभन्दा तल राखेपछि प्रदेश सभापतिहरूको असन्तुष्टि

कांग्रेसमा १२१ तहको मर्यादाक्रम प्रस्ताव, केन्द्रीय सदस्यभन्दा तल राखेपछि प्रदेश सभापतिहरूको असन्तुष्टि

नेपाली कांग्रेसले केन्द्रीय सभापतिदेखि साधारण सदस्यसम्मको मर्यादाक्रम प्रस्ताव गरेको छ। पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा मर्यादाक्रम निर्धारणका लागि प्रस्ताव पेश भएको हो।
 |  मंगलबार, असार २८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

vianetvianet

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय सभापतिदेखि साधारण सदस्यसम्मको मर्यादाक्रम प्रस्ताव गरेको छ। पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा मर्यादाक्रम निर्धारणका लागि प्रस्ताव पेश भएको हो। 

पार्टी सहमहामन्त्री बद्री पाण्डे नेतृत्वको समितिले मर्यादाक्रम प्रस्ताव गरेको हो। समितिमा जीवन परियार, डिना उपाध्याय सदस्य छन्।

प्रस्तावमा मर्यादाक्रमका नीतिगत चार आधार तय गरिएको छ। जसमा पार्टी विधानले व्यवस्था गरेको तहगत संरचनाको आधार, पार्टी विधानले व्यवस्था गरेको पदाधिकारी, सदस्यको मर्यादाक्रम, सरकारद्वारा जारी गरिएको मर्यादाक्रम र वर्तमान तथा भूतपूर्व पदको आधार रहेका छन्। 

पार्टीको पहिलो वरीयतामा केन्द्रीय सभापति रहनेछन् भने त्यसपछि पूर्वसभापति र तेस्रो नम्बरमा प्रधानमन्त्री वरीयतामा रहने प्रस्ताव गरिएको  छ। चौथो वरीयतामा पूर्वप्रधानमन्त्री, पाँचौंमा संसदीय दलका नेता, छैटौंमा केन्द्रीय पदाधिकारी, सातौंमा संसदीय दलका पूर्वनेता, आठौंमा पूर्व केन्द्रीय पदाधिकारी रहने प्रस्ताव गरिएको छ। पार्टीको नवौं वरीयतामा केन्द्रीय सदस्य र दशौंमा राष्ट्रिय सभाका संसदीय दलका नेता रहने प्रस्ताव गरिएको छ।

सबैभन्दा तल १२१ औं वरीयतामा पार्टीको साधारण सदस्य रहनेछन्। १२० औं वरीयतामा क्रियाशील सदस्य रहने प्रस्तावमा उल्लेख छ। 

National life insurance

यसैबीच, कांग्रेसका प्रदेश सभापतिहरूले मर्यादाक्रममा आपत्ति जनाएका छन्। सातै प्रदेशका सभापतिहरूको बैठक बसेर लिखित असहमति तयार गरिएको गण्डकी सभापति शुक्रराज शर्माले जानकारी दिए। प्रदेश सभापतिहरूको मर्यादाक्रम ११ औं नम्बरमा राखिएको छ।

प्रदेश सभापतिहरुले भने केन्द्रीय सभापतिपछि आफूहरू रहनुपर्ने माग गरेका छन्। ‘प्रदेश सभापति केन्द्रीय सदस्यभन्दा माथि, केन्द्रीय सभापतिभन्दा मुनि हुनुपर्छ,’ शर्माले भने।

यस्तो छ प्रस्तावित मर्यादाक्रम

 

 



प्रकाशित: Jul 12, 2022| 16:22 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...