काठमाडौं- नेकपा एकता राष्ट्रिय अभियानका नेता र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। मंगलबार नेपाल निवास कोटेश्वरमा उनीहरूबीच भेटवार्ता भएको हो।
भेटमा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक युवराज सफल, अभियान jfर्ता समिति संयोजक नीलकण्ठ पौडेल, वार्ता समिति सदस्य तेजबहादुर कार्की सहभागी थिए। भेटमा बृहत् कम्युनिस्ट एकता र समाजवादी केन्द्र, नेपाल गठन विषयमा छलफल भएको छ।
भेटवार्ता सकारात्मक भएको अभियानको दाबी छ। आगामी दिनमा भेटवार्तालाई निरन्तरता दिने सहमति भएको सफलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अभियानले वामदेव गौतमलाई संयोजक बनाएर सबै कम्युनिस्टलाई एकठाउँमा ल्याउने उद्देश्य राखेको थियो। तर अभियानको मर्मविपरीत आफ्नो स्वार्थका लागि मात्र केन्द्रित भएको भन्दै अभियानले उनलाई ५ दिनमा नै हटाएको थियो।