आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • 'कर्फ्यू' लगाएर कांग्रेसको बैठक, दुई घण्टा सडकमै उभ्याइए जिल्ला सभापति

'कर्फ्यू' लगाएर कांग्रेसको बैठक, दुई घण्टा सडकमै उभ्याइए जिल्ला सभापति

सानेपास्थित बीपी स्मृति भवन छिर्ने बाटोमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ थिए। उनलाई लाग्यो– केही लफडा भयो होला। तर होइन रहेछ। ती सुरक्षाकर्मी त कांग्रेसको बैठक स्थल सुरक्षाका लागि खटिएका रहेछन्। बल्खुको मूल सडकमै रोकिए खनाल। त्यो पनि केही समय हैन, दुई घण्टा।
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

काठमाडौं- मुलुककै सबैभन्दा ठूलो लोकतान्त्रिक भनिने दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अहिले चलिरहेको छ। हिजो सोमबार ललितपुरको सानेपामा सुरु भएको बैठक केही दिन चल्नेछ। कांग्रेस अहिले सरकारको नेतृत्वमा पनि छ। कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन सरकार चलाइरहेका छन्। 

National life

लोकतान्त्रिक भनिने पार्टी कांग्रेसको मुख्यालय सानेपामा मंगलबार अलोकतान्त्रिक दृष्य देखियो। चार दशकभन्दा बढी समयदेखि कांग्रेस राजनीतिमा सक्रिय अछामका टीकाराम खनाल नेताहरुसँग भेटघाटका लागि भनेर काठमाडौं आएका थिए। उनी कांग्रेसका महासमिति सदस्य पनि हुन्। खनालसँगै थिए हुम्ला सभापति मोहनविक्रम सिंह। साथमा अर्का एक नेता पनि थिए। तीनै जनालाई प्रहरीले दुई घण्टासम्म घाममा उभ्यायो।

केन्द्रीय समिति बैठक चलिरहेकाले धेरै नेतासँग भेट हुने आशले मंगलबार बिहान खाना खाएर उनीहरू सानेपातिर लागेका थिए।   

सानेपास्थित बीपी स्मृति भवन छिर्ने बाटोमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ थिए। उनीहरूलाई लाग्यो– केही लफडा भयो होला। तर होइन रहेछ। ती सुरक्षाकर्मी त कांग्रेसको बैठक स्थल सुरक्षाका लागि खटिएका रहेछन्। बल्खुको मूल सडकमै रोकियो खनालसहितको टोली। त्यो पनि केही समय हैन, दुई घण्टा।  

प्रकाशित: Jul 12, 2022| 15:22 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...