काठमाडौं– लेखा समिति सभापतिको राजीनामा माग्दै प्रतिपक्षी नेकपा एमालेले समितिको बैठक वहिस्कार गरेको छ । बिहान ११ बजे सुरु भएको समितिको बैठकमा एमाले सांसद विशाल भट्टराई, गोकुल बास्कोटालगायत उपस्थित थिए।
भट्टराई र बास्कोटाले लेखा समितिको नेतृत्व विपक्षी दलले पाउने परम्परा रहेको भए पनि कांग्रेसले सरकारमा गएको १ वर्षसम्म नेतृत्व नछाडेपछि बैठक वहिष्कार गरिएको भट्टराईले बताए। सभापति फेरिएपछि मात्रै लेखा समितिको काम–कारबाहीमा भाग लिने अडान एमालेको छ।