सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • जम्बो टोलीसहित बालकोटमा ओलीसँग चिनियाँ प्रतिनिधिमण्डलको भेटवार्ता

जम्बो टोलीसहित बालकोटमा ओलीसँग चिनियाँ प्रतिनिधिमण्डलको भेटवार्ता

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

काठमाडौं– नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। मंगलबार बिहान ओली निवास बालकोटमा भेट भएको हो।

बैठकमा लिउसहित चिनियाँ प्रतिनिधिमण्डलका सबै सदस्य सहभागी छन्। त्यसैगरी एमालेको तर्फबाट नेताहरू राजन भट्टराई, विष्णु रिमाल, प्रदीप ज्ञवाली, उषाकिरण भण्डारी, अञ्जान शाक्य। कृषा केसी भेटवार्तामा संलग्न छन्।

चार दिने भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका लिउ पहिलो दिनदेखि नै राजनीतिक भेटघाटमा व्यस्त छन्। आइतबार उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गरेका थिए। त्यसैगरी सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ सँग झण्डै दुई घण्टा छलफल गरेका थिए। 


प्रकाशित: Jul 12, 2022| 10:43 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...