आइतबार, असार ७, २०८३

कांग्रेस बैठक : घेराबन्दीमा देउवा, सानेपामा के भयो दिनभर?

बैठकमा बोल्ने प्रदेश १ का सभापति उद्धव थापाले भने गठबन्धन सफल भएको बताएका थिए। आफ्नो प्रदेशमा गठबन्धनकै कारण पहिलो दल बन्न सकेको उनको भनाइ थियो।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

काठमाडौं- कांग्रेस केन्द्रीय समिति बैठकमा सोमबार बोल्ने अधिकांश केन्द्रीय सदस्यहरू सभापति देउवाविरुद्ध खनिएका छन्।सोमबार धारणा राखेका प्रदेश सभापतिहरु, देउवा पक्षका केन्द्रीय सदस्य गुरु बराल, र नेता शेखर कोइरालाले देउवालाई घेराबन्दीमा पार्ने गरी प्रस्तुत भएका थिए। अधिकांश प्रदेश सभापतिले अबको चुनावमा गठबन्धन गर्न नहुने धारणा राखेका थिए। तर देउवा भने स्थानीय तहजस्तै प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा पनि तालमेल गर्ने पक्षमा छन्। 

National life

बैठकको समय लम्बिँदै गएपछि देउवाप्रति आक्रोशित बनेका थिए। बैठकमा बोल्ने प्रदेश १ का सभापति उद्धव थापाले भने गठबन्धन सफल भएको बताएका थिए। आफ्नो प्रदेशमा गठबन्धनकै कारण पहिलो दल बन्न सकेको उनको भनाइ थियो। यस्तै बागमती सभापति इन्द्रबहादुर बानियाँले पनि गठबन्धन सफल भएको रिपोर्टिङ गरेका थिए। उनीहरू दुईबाहेक सोमबार अरु प्रदेश सभापतिले गठबन्धनलाई रुचाएको प्रतिक्रिया दिएनन्। 

मंगलबार दिउँसो १ बजे बस्ने गरी आजका लागि बैठक सकिएको छ। बैठकमा उपसभापति पूर्णबहादुर खड्काले स्थानीय निर्वाचन परिचालन समिति र प्रवक्ता प्रकाशशरण महतले प्रचारप्रसार समितिको प्रतिवेदन पेश गरेका थिए। यस्तै आजको बैठकमा ७ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए। 

जंगिए देउवा

दिनभर केन्द्रीय सदस्यहरूका कुरा सुनिरहेका देउवा केन्द्रीय सदस्य गुरु बरालले बोल्ने क्रममा आक्रोशित बने। गुरुले 'कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएपछि देउवा जंगिएका हुन्। बरालले कांग्रेसले सिंगल लडेर जित्ने क्षमता राख्नुपर्ने र त्यसको तयारी गर्नुपर्ने धारणा राखेका थिए। उनको भनाइ थियो, ‘आफ्नो एकता कायम गरौं, सिंगल लडौं। त्यसको तयारी गरौं।’

Shivam cement

बराल बोल्दाबोल्दै सभापति देउवाले उनलाई रोके। आक्रोशित  मुडमा पुगेका देउवाले भने, ‘उसो भए सिंगल लडेर जित्नु नि त!’ बराल देउवापक्षकै केन्द्रीय सदस्य हुन्।

ललितपुरको सानेपामा सोमबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा। तस्बिरः रोशन सापकोटा/रासस

देउवाले सुराकी खटाएको शेखरको आरोप 

यसअघि बोलेका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले आफ्नो पछाडि सुराकी खटाएको आरोप लगाएका थिए। 'महाधिवेशनपछि सभापतिजीले पार्टी एकलौटी ढंगले पार्टी चलाउनु मात्र भएको छैन, मेरो पछाडि सुराकी खटाउनुभएको छ। स्थानीय चुनावमा पनि मेरो पछाडि सभापतिजीले खटाउनुभएका सुराकी थिए,' उनको आरोप थियो। 

महाधिवेशपछि देउवा हरेक निर्णयमा हावी भएको समेत उनले आरोप लगाएका थिए। 'महाधिवेशनपछि सभापतिजी एकलौटी ढंगले अघि बढ्नुभएको छ। महाधिवेशनमा हामीलाई ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले मत दिएका हुन्,' उनले थपे, 'सभापतिजीले ती ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको भावना विपरीत प्रतिस्पर्धीलाई निरन्तर अन्याय गरिरहनुभएको छ।' 

प्रकाशित: Jul 11, 2022| 19:05 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...