सोमबार, साउन २५, २०८३

गुरुले 'कांग्रेस एक्लै लड्नुपर्छ' भनेपछि जंगिए देउवा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज बरालले कांग्रेसले एक्लै लडेर चुनाव जित्नुपर्छ भनेपछि सभापति शेरबहादुर देउवा जंगिएका छन्।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज बरालले कांग्रेसले एक्लै लडेर चुनाव जित्नुपर्छ भनेपछि सभापति शेरबहादुर देउवा जंगिएका छन्।

आज सोमबार पार्टी मुख्य कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समिति बैठकमा बरालले कांग्रेसले सिंगल लडेर जित्ने क्षमता राख्नुपर्ने र त्यसको तयारी गर्नुपर्ने धारणा राखेका थिए। उनको भनाइ थियो, ‘आफ्नो एकता कायम गरौं, सिंगल लडौं। त्यसको तयारी गरौं।’

बराल बोल्दाबोल्दै सभापति देउवाले उनलाई रोकेर ‘उसो भए सिंगल लडेर जित्नु नि त’ भन्दै जवाफ दिएका थिए। 

बराल देउवा पक्षीय केन्द्रीय सदस्य हुन्।

प्रकाशित: Jul 11, 2022| 17:46 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...