सोमबार, साउन २५, २०८३

देउवाको गृह प्रदेशका सभापतिले बलायरले भने– गठबन्धन केका आधारमा?

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले गठबन्धन सिद्धान्त, विचार र दृष्टिकोण केका आधारमा गर्ने हो स्पष्ट हुनुपर्ने बताएका छन्।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

काठमाडौं– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले गठबन्धन सिद्धान्त, विचार र दृष्टिकोण केका आधारमा गर्ने हो स्पष्ट हुनुपर्ने बताएका छन्।

सोमबार पार्टी मुख्यालय सानेपामा सुरु भएको केन्द्रीय समिति बैठकमा बलायरले भने, ‘केका आधारमा गठबन्धन गर्ने? किन गर्ने? एउटा वडामा संगठन छैन, सांसद ताक्ने? वडा जित्नुपर्यो नि पहिला। मैले मेरो जिल्लामा गठबन्धन नै गरिनँ। गठबन्धन गर्ने भए अहिलेदेखि गर्नुस्, नत्र गठबन्धन गर्न दिइँदैन।’

आजको बैठकमा सातै प्रदेशका सभापतिले स्थानीय निर्वाचनबारे प्रदेशको ब्रिफिङ सुनाएका थिए। बैठक भोलि मंगलबार दिउँसो १ बजे बस्ने गरी सकिएको छ। बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले स्थानीय निर्वाचन परिचालन समिति र प्रवक्ता प्रकाशशरण महतले प्रचारप्रसार समितिको प्रतिवेदन पेश गरेका थिए। यस्तै आजको बैठकमा ७ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए। 


प्रकाशित: Jul 11, 2022| 17:36 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...