आइतबार, असार ७, २०८३

केन्द्रीय समिति बैठकमा शेखरले भने- देउवाले मेरा पछाडि सुराकी खटाए

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो पछाडि सुराकी खटाएको आरोप लगाएका छन्। केन्द्रीय समिति बैठकमा बोल्दै नेता कोइरालाले यस्तो आरोप लगाएका हुन्।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले आफ्नो पछाडि सुराकी खटाएको आरोप लगाएका छन्। केन्द्रीय समिति बैठकमा बोल्दै नेता कोइरालाले यस्तो आरोप लगाएका हुन्। 

National life

'महाधिवेशनपछि सभापतिजीले पार्टी एकलौटी ढंगले पार्टी चलाउनु मात्र भएको छैन, मेरो पछाडि सुराकी खटाउनुभएको छ। स्थानीय चुनावमा पनि मेरो पछाडि सभापतिजीले खटाउनुभएका सुराकी थिए,' उनको आरोप छ। 

महाधिवेशपछि देउवा हरेक निर्णयमा हावी भएको समेत उनले आरोप लगाएका थिए। 'महाधिवेशनपछि सभापतिजी एकलौटी ढंगले अघि बढ्नुभएको छ। महाधिवेशनमा हामीलाई ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले मत दिएका हुन्,' उनले थपे, 'सभापतिजीले ती ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको भावना विपरीत प्रतिस्पर्धीलाई निरन्तर अन्याय गरिरहनुभएको छ।' 

स्थानीय तहको निर्वाचनमा ठाउँठाउँमा गठबन्धन भएपनि एक्लै लडेको ठाउँमा पार्टीले राम्रो नतिजा ल्याएको उनको भनाइ थियो। 'त्यसैमा पार्टीलाई फाइदा छ। जसरी अहिले गठबन्धनको जगमा कांग्रेस पहिलो पार्टी बनेको प्रचार गरिएको छ, यथार्थ त्यस्तो होइन,' उनले थपे, 'एक्लै लडेका ठाउँमा धेरै जितिएकाले कसरी गठबन्धनको जगमा पार्टी पहिलो बन्यो?'

प्रकाशित: Jul 11, 2022| 17:06 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...