आइतबार, असार ७, २०८३

चिनियाँ नेता लिउ जियानचाओले भेटे दाहाल

भेटमा नेपाल–चीन सम्बन्धका विषयमा कुराकानी भएको नेकपा माओवादी केन्द्रले बताएको छ।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९
National life
Shivam cement

काठमाडौं– नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग सोमबार भेटघाट गरेका छन्। दाहाललाई भेट्न जियानचाओ खुमलटार निवास पुगेका हुन्।

भेटमा नेपाल–चीन सम्बन्धका विषयमा कुराकानी भएको नेकपा माओवादी केन्द्रले बताएको छ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेटेका जियानचाओले नेकपा एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतसँग भेट्ने कार्यतालिका तय भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलबार भेटवार्ता गरी उनी बुधबार स्वदेश फर्किनेछन्।

प्रकाशित: Jul 11, 2022| 16:56 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...