सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संसदमा नेकपा एस र एमाले सांसदको भनाभन, सभामुखलाई सम्हाल्नै हम्मे [भिडियो]

संसदमा नेकपा एस र एमाले सांसदको भनाभन, सभामुखलाई सम्हाल्नै हम्मे [भिडियो]

अन्त्यमा आफ्नो ध्यानाकर्षण भएको र बमले पनि उक्त कुरा सच्याएपछि एमाले सांसद रावल चुप लागेका थिए। यतिकैमा बमले आफ्ना कुरा सके। रावल मुस्कुराए। बैठक अघि बढ्यो।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

काठमाडौं- सोमबार प्रतिनिधि सभा बैठकमा रेल्वे विधेयकमाथि छलफल भइरहेको थियो। छलफलकै क्रममा बोल्नका लागि  नेकपा एसका सांसद गोपालबहादुर बमलाई सभामुख अग्निप्रसाद सापकोटालाई समय दिए। उनले बोल्न पनि थाले। 

मुगुका सांसद बमले बोल्ने क्रममा त्रुटी गरे। उनले आफू तिब्बत क्षेत्रको सांसद भएको  बताएका थिए। यसपछि एमाले सांसद झपट रावलले प्रतिक्रिया जनाइहाले। सांसदले नै आफूलाई तिब्बत क्षेत्रको सांसद भएको भन्दै उनले आपत्ति जनाउँदै उक्त शब्द संसदको रेकर्डबाट हटाउन माग गरेका थिए। तर सभामुखले ध्यानाकर्षण भएको भन्दै बमलाई पुनः बोल्नका लागि समय दिए। 

बोल्ने क्रममा बमले आफूले तिब्बत क्षेत्रसँग जोडिएको क्षेत्रको सांसद भएको भन्ने कुरा उल्लेख गरेको दाबी गरे। तर रावल मान्न तयार भएनन्। उनले उनले पुनः उक्त शब्द हटाउन माग गरे। यतिकैमा सभामुख सापकोटालाई वातावरण नियन्त्रणमा लिन हम्मे पर्‍यो। उनी अलि आक्रोशित बने। एमालेका सांसद रावलतर्फ लक्षित गर्दै उक्त विषयलाई थप नलम्ब्याउन आग्रह गरे। यो क्रम तीन पटकसम्म चल्यो।

अन्त्यमा आफ्नो ध्यानाकर्षण भएको र बमले पनि उक्त कुरा सच्याएपछि एमाले सांसद रावल चुप लागेका थिए। यतिकैमा बमले आफ्ना कुरा सके। रावल मुस्कुराए। बैठक अघि बढ्यो। 

भिडियो

प्रकाशित: Jul 11, 2022| 16:34 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...