आइतबार, असार ७, २०८३

'गठबन्धनकै कारण प्रदेश १ मा कांग्रेस एक नम्बर भएको हो'

नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्धव थापाले गठबन्धनका कारण नै हालै सम्पन्न स्थानीय तह निर्वाचनमा एक नम्बर प्रदेशमा कांग्रेस पहिलो भएको दाबी गरेका छन्।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

काठमाडौं– नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्धव थापाले गठबन्धनका कारण नै हालै सम्पन्न स्थानीय तह निर्वाचनमा एक नम्बर प्रदेशमा कांग्रेस पहिलो भएको दाबी गरेका छन्।

National life

पार्टी मुख्यालय सानेपामा आज सुरु भएको केन्द्रीय समिति बैठकमा थापाले भने, ‘कतिपय ठाउँमा गठबन्धन भयो, कतिपय ठाउँमा बनेन। गठबन्धनकै जगमा कांग्रेस पहिलो पार्टी बनेको छ। अब आउने चुनावमा पनि ती दलहरूबीच गठबन्धन बनाएर जानुपर्छ। पार्टीभित्रको समस्या समाधान गर्नुपर्छ। चुनावपछि समस्या बढेर गएको छ, त्यसलाई हल गर्नुपर्छ। पार्टीलाई एक बनाएर जानुपर्छ।’ 

१ नम्बर प्रदेशका पहाडी जिल्लामा गठबन्धन सहमतिका आधारमा बनेको र त्यो बलियो भएको उनले बताए। ‘पहाडमा गठबन्धन बलियो भयो तर मधेशमा हुन सकेन। मोरङमा झन् फितलो भयो। हाम्रै साथीहरू गठबन्धनको विपक्षमा रहनुभयो। महानगरको कार्यपालिका चुनावमा त्यसको झल्को देखियो। गठबन्धन व्यवस्थित बनाउन सकेनौं,’ थापाले भने।

अब आउने चुनावमा केन्द्रले मापदण्ड बनाउनुपर्ने र त्यसका लागि गठबन्धन दलका नेताहरूबीच घनिभूत छलफल हुनुपर्ने उनले बताए।

मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले भने स्थानीय तहको निर्वाचनमा गठबन्धनका अन्य दलहरूले घात गरेको बताए। केन्द्रीय समितिको बैठकमा चुनावी समीक्षा गर्दै उनले मधेश प्रदेशमा गठबन्धनका दलहरूले धोका दिएको रिपोर्टिङ गरे। नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपाले कांग्रेसलाई धोका दिएको आरोप लगाइरहेका बेला यादवले भने कांग्रेसलाई अन्य दलले धोका दिएको दाबी गरे। मधेश प्रदेशका आठ जिल्लामध्ये ४ जिल्लामा कांग्रेसलले जिसस बनाएको छ। तर, जिससको निर्वाचनमा गठबन्धनका अन्य दलले एमालेलाई सघाएर धोका दिएको यादवको भनाइ थियो।

Shivam cement

बागमती प्रदेशका सभापति इन्द्र बानियाँले गठबन्धनले सफलता पाएको र कांग्रेसको स्थिति सुधार भएको रिपोर्टिङ गरे। तर, उनले दलबाहिरको गठबन्धनलाई जोड दिएर पार्टीभित्रको एकता खलबल्याउन नहुनेमा जोड दिए। पार्टीभित्रको एकता खलबला्याएर अन्य दलसँग गठबन्धन गर्ने हो भने त्यसले कांग्रेसको हित नगर्ने उनको दाबी थियो। 

प्रकाशित: Jul 11, 2022| 16:27 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...