सोमबार, साउन २५, २०८३

गणपूरक संख्या नपुगेपछि आज पनि संसद् बैठक स्थगित

यसअघि सांसद भूपेन्द्रबहादुर थापाले गणपूरक संख्या नपुग्ने देखिएको भन्दै यकिन गर्न माग गरेका थिए। यसपछि ३ मिनेट घण्टी बजाएर संख्या गणना गर्दा ६१ मात्र पुगेको थियो।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

काठमाडौं- गणपूरक संख्या नै नपुगेपछि आज पनि संसद बैठक स्थगित भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले गणपूरक संख्या नपुगेको भन्दै बैठक स्थगित भएको घोषणा गरेका हुन्। 

यसअघि सांसद भूपेन्द्रबहादुर थापाले गणपूरक संख्या नपुग्ने देखिएको भन्दै यकिन गर्न माग गरेका थिए। यसपछि ३ मिनेट घण्टी बजाएर संख्या गणना गर्दा ६१ मात्र पुगेको थियो। 

प्रतिनिधि सभा बैठक सञ्चालन हुन कम्तीमा २५ प्रतिशत सदस्य संख्या पुग्नुपर्छ। त्यसअनुसार हाल ६९ जना उपस्थित हुँदा मात्र बैठक सञ्चालन हुन सक्छ। तर जम्मा ६१ मा सांसद पुगेका थिए।  

यसअघि पनि पटकपटक गणपूरक संख्या नपुगेर संसद बैठक स्थगित हुँदै आएको छ। 

प्रतिनिधि सभाको अर्को बैठक असार २९ गते बुधबार ११ बजे बस्नेछ। 

प्रकाशित: Jul 11, 2022| 16:01 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...