आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बैठकमा प्रदेश सभापतिहरूको रिपोर्टिङ– गठबन्धनका अन्य दलले घात गरे

कांग्रेस बैठकमा प्रदेश सभापतिहरूको रिपोर्टिङ– गठबन्धनका अन्य दलले घात गरे

नेपाली कांग्रेसका प्रदेश सभापतिहरुले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा गठबन्धनका अन्य दलहरुले कांग्रेसलाई घात गरेको रिपोर्टिङ गरेका छन्।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

काठमाडौं– नेपाली कांग्रेसका प्रदेश सभापतिहरुले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा गठबन्धनका अन्य दलहरुले कांग्रेसलाई घात गरेको रिपोर्टिङ गरेका छन्।

National life

पार्टी मुख्यालय सानेपामा आज सुरु भएको केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिहरुले गठबन्धनमा इमानदारिता नदेखिएको बताएका हुन्। 

मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले स्थानीय तहको निर्वाचनमा गठबन्धनका अन्य दलहरूले घात गरेको बताए। केन्द्रीय समितिको बैठकमा चुनावी समीक्षा गर्दै उनले मधेश प्रदेशमा गठबन्धनका दलहरूले धोका दिएको रिपोर्टिङ गरे। नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपाले कांग्रेसलाई धोका दिएको आरोप लगाइरहेका बेला यादवले भने कांग्रेसलाई अन्य दलले धोका दिएको दाबी गरे। मधेश प्रदेशका आठ जिल्लामध्ये ४ जिल्लामा कांग्रेसलले जिसस बनाएको छ। तर, जिससको निर्वाचनमा गठबन्धनका अन्य दलले एमालेलाई सघाएर धोका दिएको यादवको भनाइ थियो।

बागमती प्रदेशका सभापति इन्द्र बानियाँले भने गठबन्धनले सफलता पाएको र कांग्रेसको स्थिति सुधार भएको रिपोर्टिङ गरेका छन्। तर, उनले दलबाहिरको गठबन्धनलाई जोड दिएर पार्टीभित्रको एकता खलबल्याउन नहुनेमा जोड दिए। पार्टीभित्रको एकता खलबला्याएर अन्य दलसँग गठबन्धन गर्ने हो भने त्यसले कांग्रेसको हित नगर्ने उनको दाबी थियो। 

प्रदेश नम्बर एकका सभापति उद्धव थापाले स्थानीय निर्वाचनमा कांग्रेसको अवस्था सुधार भएको तर कतिपय ठाउँमा आन्तरिक किचलोले सफलता प्राप्त हुन नसकेको बताए। 

Shivam cement

कांग्रेस बैठकमा अहिले प्रदेश सभापतिहरूले चुनावी रिपोर्टिङ गरिरहेका छन्। यसअघि निर्वाचन परिचालन समितिका संयोजक तथा उपसभापति पूर्णबहादुर खड्का र प्रचार समितिका संयोजक प्रकाशशरण महतले प्रतिवेदन पेश गरेका थिए । बैठकमा चुनावी समीक्षा, भ्रातृ संस्थाका विधान र पूर्णता, सरकारको समीक्षा, पाँच दलीय गठबन्धन लगायतका विषयमा छलफल हुनेछ।

बैठकमा प्रवक्ता महतले प्रदेशका सभापतिहरूले चुनावी अनुभव सेयर गरेको र कतिपय ठाउँमा गठबन्धन सफल भएको अनि कतिपय ठाउँमा सफल नभएको बताएको  सुनाए। ‘केही अपवाद भए होला, तर समग्रमा कांग्रेस गठबन्धनमा इमान्दार भएको छ,’ उनले भने।


प्रकाशित: Jul 11, 2022| 16:00 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...