सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सरकारका अलोकप्रिय निर्णयबारे कांग्रेस बैठकमा छलफल हुन्छ : प्रदीप पौडेल

सरकारका अलोकप्रिय निर्णयबारे कांग्रेस बैठकमा छलफल हुन्छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकारका अलोकप्रिय निर्णयबारे केन्द्रीय समिति बैठकमा छलफल हुने बताएका छन्। सोमबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता पौडेलले यस्तो बताएका हुन्।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकारका अलोकप्रिय निर्णयबारे केन्द्रीय समिति बैठकमा छलफल  हुने बताएका छन्। सोमबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता पौडेलले यस्तो बताएका हुन्। 

'सरकारबारे बैठकमा छलफल हुन्छ। मल, पाठ्यपुस्तक र सरकारका अलोकप्रिय निर्णयका सन्दर्भमा पनि छलफल हुन्छ,' नेता पौडेलले भने, 'पार्टीका आन्तरिक जीवनका सबै समस्या समधान गर्ने गरी बैठकबाट निर्णय हुन्छ। नेतृत्वलाई थप बलियो बनाउने र नेतृत्वले सबैलाई समेट्छ भनेर विश्वास दिलाउने गरी बैठकले निर्णय गर्छ।'

बैठकमा स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक उपसभापति पूर्णबहादुर खड्काले प्रतिवेदन प्रस्तुत गरेका छन्। यसका साथै निर्वाचन प्रचार समितिका संयोजक प्रकाशशरण महतले पनि प्रतिवेदन पेस गरेका छन्। कांग्रेसका अर्का नेता एनपी साउदले पनि बैठकमा सरकारका कामकारबाहीबारे समीक्षा हुने बताए दिए। 

बैठकमा गठबन्धन सरकारको समीक्षा गर्ने र चुनावमा गठबन्धन गरेर जाने कि एक्लै जाने भन्ने विषयमा पनि निर्णय हुने उनको भनाइ छ। 

सोमबार सानेपामा सुरु भएको केन्द्रीय समिति बैठक जारी छ। 

प्रकाशित: Jul 11, 2022| 15:47 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...