मंगलबार, मंसिर ९, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • 'ढुंगे युगको अनलाइन फारम, भर्नेलाई भन्दा हेर्नेलाई सरम'

'ढुंगे युगको अनलाइन फारम, भर्नेलाई भन्दा हेर्नेलाई सरम'

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय घेराउ गरेको छ।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय घेराउ गरेको छ। 

National life

सोमबार संघले यातायात कार्यालयले सवारी चालक अनुमति पत्र वितरणमा भएको अनियमितता, ढिलासुस्ती र लापरबाही गरेको भन्दै यातायात व्यवस्था कार्यालय घेराउ गरेको हो। कार्यक्रममा राष्ट्रिय युवा संघ, नेपालका अध्यक्ष किरण पौडेलले अनलाइन फारम भर्ने भनेर अनलाइन साइट खोलेपनि पूर्ण रुपमा नचल्ने साइट बनाएको आरोप लगाए।

उनले साइट नचल्दा पुनः नागरिकहरु विचौलियाकोमा पुगिरहेको दाबी गरे। अध्यक्ष पौडेलले अनलाइन फारम नाममात्रैको भएको भन्दै यसलाई व्यवस्थ्ति गर्न कार्यालयको ध्यानाकर्षण गराए। उनले कर्मचारी र विचौलियालाई पैसा खुवाएर लाइसेनको परीक्षा र ट्रायल दिने काम बन्द गर्नुपर्ने बताए।

उनले देशका धेरै कार्यालयहरुमा पारदर्शिताको अभाव रहेको दाबी गर्दै यातायात कार्यालयले मनपरी रुपमा सवारी चलक अनुमति पत्र लगायतका कुराहरुमा ढिलासुस्ती गर्न नहुने बताए। उनले सहजै हुने काम पनि पैसाका लागि घुमाउरो बाटो अपनाएर लम्ब्याउने काम भइरहेको आरोप लगाए। उनले यातायात कार्यालयमा भएका सबै सेटिङ र विचौलियालाई जरोदेखि नै ध्वस्त पार्न आवश्यक रहेको बताए। युवा संघको आन्दोलनलाई चानचुने रुपमा नलिन पनि चेतावनी दिए।

युवा संघका प्रदर्शनकारीले ढुङ्गे युगको अनलाइन फारम, भर्नेलाई भन्दा हेर्नेलाई सरम, लाइसेन्स प्रिन्टलाई विकेन्द्रीकृत गर लगायतका ब्यानर र नारा लागएर विरोध प्रदर्शन गरेका थिए। 

Laxmi sunrise bank
kumari


 



 



प्रकाशित: Jul 11, 2022| 14:50 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।