सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस मुख्यालयमा शेखर समूहको विरोध प्रदर्शन, प्रहरी लगाएर भीड हटाइँदै

कांग्रेस मुख्यालयमा शेखर समूहको विरोध प्रदर्शन, प्रहरी लगाएर भीड हटाइँदै

सभापति शेरबहादुर देउवालाई कांग्रेसको विधान पूर्ण पालना गर्नुपर्ने मागसहित शेखर समूहले पार्टी मुख्यालयमा विरोध प्रदर्शन गरेको हो।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर शेखर कोइराला समूहका नेता–कार्यकर्ताले पार्टी मुख्यालय सानेपामा विरोध प्रदर्शन गरेका छन्। कांग्रेसको पार्टी केन्द्रीय कमिटी बैठक बस्नै लागेका बेला सभापति शेरबहादुर देउवालाई विधान पूर्ण पालना गर्नुपर्ने मागसहित शेखर समूहले प्रदर्शन गरेको हो। विरोधमा सहभागीले ‘हामी केही जान्दैनौं, एकाधिकार मान्दैनौ’ जस्ता नारा लगाइरहेका छन्। 

उनीहरूले भ्रातृ संस्थाहरूको तत्काल वैधानिक पूर्णता, कांग्रेसभित्र समान र न्यायपूर्ण प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग अघि सारेका छन्। विरोध प्रदर्शनमा नेविसंघ, तरुण दल, दलित संघलगायत भ्रातृ संगठनका प्रतिनिधि सहभागी छन्। प्रदर्शन रोक्न पार्टी मुख्यालय परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

विरोध प्रदर्शनलाई रोक्न कांग्रेस मुख्यालय प्रवेशमा कडाइ गरिएको छ। शेखर समूहका नेता–कार्यकर्ताले मुख्यालय पार्टी मुख्यालय परिसरमा ब्यानरसहित मौन विरोध प्रदर्शन गरिरहेका छन्। केन्द्रीय कार्यालय प्रवेश गर्दा केन्द्रीय सदस्यको नाम रुजु गरेर मात्रै भित्र पस्न दिइएको छ। अन्य कार्यकर्तालाई प्रवेशमा रोक लगाइएको छ।



 




प्रकाशित: Jul 11, 2022| 13:47 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...