आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • डेढ वर्षदेखि सरकार चलाउने योजना बनाउँदै गगन, तेस्रो चरणको छलफलमा के भयो?

डेढ वर्षदेखि सरकार चलाउने योजना बनाउँदै गगन, तेस्रो चरणको छलफलमा के भयो?

निर्वाचन जितेर सरकार चलाउने सबै राजनीतिक दलको लक्ष्य हुनेभएपनि परिणाम निकाल्न आवश्यक तयारी र योजना नहुने गरेको उनको बुझाइ छ।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

National life

काठमाडौं- सत्तासीन दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार संचालनको योजना बनाउन निरन्तर छलफल गरिरहेका छन्। उनका अनुसार कांग्रेसले विगत डेढ वर्ष देखि प्रोजेक्ट गभर्मेन्टमा काम भइरहेको छ। उनले अहिले छलफल तेस्रो चरणमा पुगेको बताएका छन्। निर्वाचन जितेर सरकार चलाउने सबै राजनीतिक दलको लक्ष्य हुनेभएपनि परिणाम निकाल्न आवश्यक तयारी र योजना नहुने गरेको उनको बुझाइ छ। 

Shivam cement

‘निर्वाचन जित्ने सरकार बनाउने सामान्यतः सबैजसो राजनीतिक दलको लक्ष्य हुन्छ।तर सरकार बनेपछि के गर्ने, कुन कुन क्षेत्रमा कसरी काम गर्ने र परिणाम निकाल्ने भन्ने कुरामा आवश्यक  तयारी र योजना हुँदैन,’ उनले भनेका छन्।

उनले सरकार संचालनको चाहाना राख्ने र प्रयत्न गर्ने दलले काम गर्ने प्राथमिकता तयार गरेर तयारी अवस्थामा रहनुपर्ने बताएका छन्। ‘सरकार सञ्चालन गर्न चाहना राख्ने र प्रयत्न गर्ने दलले, सरकार सुरु भएदेखि अन्तिम दिनसम्म,सीमित स्रोत र समय,असीमित आवश्यकता र अकांक्षाको बिचमा हरेक क्षेत्रमा के गर्ने र कसरी गर्ने भनेर तयारी अवस्थामा रहनुपर्छ,’ उनले भनेका छन्, ‘जुन घोषणापत्रमा समावेश गरेको जस्तो वाचाको सूची होइन, राजनीतिक दलले सरकार सञ्चालन गर्दा आफ्नो राजनीतिक मान्यताको आधारमा हरेक क्षेत्र-विषयमा निश्चित समयभित्र के(कसरी काम गर्ने भन्ने विस्तृत कार्य योजना नै तयार गरिनुपर्छ।’ 

उनले  ३१ क्षेत्रगत विषय विज्ञ, सहयोगी र अनुसन्धानकर्ता गरी ६० जनाको प्रयासमा प्रोजेक्ट गभर्मेन्टको काम भइरहेको र छलफल तेस्रो चरणमा पुगेको बताएका छन्। तेस्रो चरणमा कर नीति र सार्वजनिक खरिद नीतिको सम्बन्धमा तयार भएको कार्य योजनाका बारेमा छलफल भएको बताए।

‘यही सोचका साथ हामीले नेपाली काँग्रेसको लागि विगत डेढ वर्ष देखि प्रोजेक्ट गभर्मेन्टमा काम गरिरहेका छौँ।३१ क्षेत्रगत विषयमा विज्ञ, सहयोगी र अनुसन्धानकर्ता गरी करिब ६० जनाको सामूहिक प्रयासमा हामी हिजोबाट तेस्रो चरणको छलफलमा प्रवेश गरेका छौँ,’ उनले ट्विटरमा भनेका छन्, ‘तेस्रो चरणको पहिलो कार्यक्रममा कर नीति र सार्वजनिक खरिद नीतिको सम्बन्धमा तयार गरिएको कार्य योजनामा छलफल गर्‍यौँ। अब यसरी नै अन्य क्षेत्रमा तयार भएको मस्यौदामा छलफल गर्दै जानेछौँ। यो चरणको छलफल पश्चात् पार्टीभित्र र बाहिर थप छलफल गर्नेछौँ।’

प्रकाशित: Jul 11, 2022| 11:56 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...