सोमबार, साउन २५, २०८३

साउन पहिलो साता निर्वाचनको मिति घोषणा : महामन्त्री थापा

निर्वाचनको मिति घोषणा हुन लागेकाले चुनाव केन्द्रित हुन कार्यकर्तालाई महामन्त्री थापाको निर्देशन।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउन पहिलो साता निर्वाचनको मिति घोषणा हुने जानकारी दिएका छन्। साउन ४ वा ५ मा बस्ने मन्त्रिपरिषद् बैठकले संघ र प्रदेश निर्वाचनको मिति निर्णय लिने थापाले बताएका हुन्।

ललितपुरमा सोमबार आयोजित एक कार्यक्रममा थापाले निर्वाचनको मिति घोषणा हुन लागेकाले चुनाव केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिए। ‘अब निर्वाचनमा होमिने बेला भएको छ,’ थापाले भने, ‘मतदातालाई नाम लेखाउन सहजीकरण गर्ने काममा तपाईंहरू लाग्नुस्।’

पार्टीलाई विधिसंगत सञ्चालन गर्ने कार्यमा आफूहरू लागिरहेको उनले बताए। यसबारे केन्द्रीय समिति बैठकमा घनिभूत  छलफल चलाइने उनको भनाइ छ। पार्टीभित्र विगतको परम्परालाई हटाएर सुधारका कार्य हुन थालेको उनले दाबी गरे। ‘महाधिवेशन आउने बेला मात्रै क्रियाशील सदस्यता बाँड्ने काम अब हुन्न। क्रियाशील सदस्यता वितरण चाँडै  सुरु हुन्छ,’ थापाले भने।

प्रकाशित: Jul 11, 2022| 11:08 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...