सोमबार, साउन २५, २०८३

निर्वाचनअघि कुनै पार्टीसँग एकता गर्ने पक्षमा छैनौं : नेता नेपाल

सुदूरपश्चिमको प्रदेशसभामा एकीकृत समाजवादी ठूलो दल रहेकाले आफूहरूको सरकार बन्नुपर्ने नेता नेपालको तर्क रहेको छ।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

धनगढी– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनअघि कुनै पार्टीसँग एकता नहुने बताएका छन्।

केही दिनअघि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकता हुने खबर बाहिरएको सन्दर्भमा नेता नेपालले यस्तो बताएका हुन्।

धनगढीमा सोमबार बिहान पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपालले अहिले कुनै पार्टीसँग पनि एकता नगरिने बरु आउँदो प्रदेशसभा र संघीय संसद्का लागि पार्टी संगठनलाई विस्तार गरिने जानकारी दिए।

‘निर्वाचनअघि नेकपा एसको कुनै पनि पार्टीसँग एकता हुँदैन,’ अध्यक्ष नेपालले भने।

उनले अहिले कुनै पार्टीसँग एकता गर्नेतिरभन्दा पनि एकीकृत समाजवादीले संगठन विस्तारलगायतमा ध्यान दिइरहेको बताए। 

नेता नेपालले सुदूरपश्चिम सरकार एकीकृत समाजवादीको नेतृत्वमा बन्न सक्ने धारणा व्यक्त गरे।

प्रदेशसभामा एकीकृत समाजवादी ठूलो दल रहेकाले सरकार बन्नु स्वाभाविक भएको उनको भनाइ छ। ‘हाम्रो एक्लो शक्तिले मात्र नेतृत्व गर्न सम्भव छैन। अरूको सहयोग पाउनेबित्तिकै हाम्रो सरकार बन्छ’, उनले भने।

प्रकाशित: Jul 11, 2022| 10:55 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...