सोमबार, साउन २५, २०८३

संवैधानिक परिषद् विधेयक छिट्टै फिर्ता हुन्छ : महामन्त्री थापा

संवैधानिक परिषद् सम्बन्धी विधेयक ल्याएर सरकार आलोचित बनिरहेका बेला नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विधेयक फिर्ता हुने बताएका छन्।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

काठमाडौं- संवैधानिक परिषद् सम्बन्धी विधेयक ल्याएर सरकार आलोचित बनिरहेका बेला नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विधेयक फिर्ता हुने बताएका छन्। 

सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले विधेयक फिर्ता लिने  प्रधानमन्त्री शेरबहादुर देउवाले भनिसकेको बताए। 

राष्ट्रिय सभामा दर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयक आज–भोलि नै फिर्ता हुने उनको भनाइ छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाले गत बुधबार विधेयक राष्ट्रिय सभामा पेस गरेका थिए। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ल्याइएको अध्यादेशसँग मिल्दोजुल्दो प्रावधान राखेर विधेयक ल्याएपछि सरकारको आलोचना भइरहेको छ।

प्रकाशित: Jul 11, 2022| 10:40 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...