सोमबार, साउन २५, २०८३

माधव नेपालले १० बुँदे सहमति लत्याएर ठूलो गल्ती गरे : घनश्याम भुसाल

नेकपा एमालेका नेता घनश्याम भुषालले माधव नेपालले १० बुँदे सहमति लत्याएर ठूलो गल्ति गरेको भन्दै भविश्यमा प्रायश्चत गर्नुपर्ने बताएका छन्।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

काठमाडौं- नेकपा एमालेका नेता घनश्याम भुषालले माधव नेपालले १० बुँदे सहमति लत्याएर ठूलो गल्ति गरेको भन्दै भविश्यमा प्रायश्चत गर्नुपर्ने बताएका छन्।

‘माधव नेपालको दोहोरो नीति’ का कारण नेकपा एमाले बिभाजन भएको उल्लेख गर्दै भुषालले २० प्रतिशतमा पार्टी बिभाजन गरेका कारण इतिहासको कठघरामा उभिनु पर्ने उनको जिकिर छ।

‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवत: आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन्,’ भुषालको टिप्पणी छ। 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ४० प्रतिशत सांसदले पार्टी बिभाजन गर्ने बिरोध गर्ने तर आफूले २० प्रतिशतमा पार्टी बिभाजन गर्ने घटनाले उनको दोहोरो चरित्र देखिएको भुषालको आरोप छ।

‘कमरेड ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल पनि अगाडि थिए,’ भुषालले भनेका छन्, ‘त्योभन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्ने छैन, ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ।’



प्रकाशित: Jul 11, 2022| 10:03 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...