शुक्रबार, माघ २, २०८२

भदौ दोस्रो साता ओपोको एफनाइन सार्वजनिक हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- ओपोले भदौ दोस्रो साता (अगस्ट अन्त्य सम्ममा) आफ्नो नयाँ मोडल ओपो एफ नाइन सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको जनाएको छ।

उक्त ब्राण्ड एफसिरिजअन्तर्गत नयाँ स्मार्टफोन हो। जसमा कम्पनीले भीओओसी फ्ल्यास चार्ज, ग्राडियण्ट कलर्स तथा पृथक वाटरड्रप स्क्रिन डिजाइन समाहित गर्ने जनाएको छ। 

फोनमा रहेको भीओओसी फ्ल्यास चार्जले कम भोल्टेज फास्ट चार्जिङ प्रविधिमार्फत अत्यधिक तिब्र गतिमा चार्जिङ सुविधा प्रदान गर्नेछ। ५भी-४ए साधारण कन्फिगरेसनमार्फत उक्त नयाँ प्रविधिले ५भी-१ए चार्जिङ प्रविधिका तुलनामा ४ गुणा तिब्र चार्जिङ गति प्रदान गर्ने कम्पनीको भनाइ छ। 

कम्पनीकाअनुसार तिव्र चार्जिङ क्षमताको ग्यारेण्टिका साथै भीओओसीले सुरक्षित चार्जिङ प्रक्रियाको समेत सुनिश्चितता प्रदान गर्छ। विशेषगरी ओपोको भीओओसीमा तिब्र र सुरक्षित चार्ज सुविधा उपलब्ध गराउन न्यून टेम्परेचर र भोल्टेज सहित, चार्जिङ एडेप्टरदेखि स्मार्टफोनसम्म पुग्दा ५ भिन्न सुरक्षा तहको ब्यवस्था गरिएका छन्।

ओपो एफनाइनमा कम्पनीले एफसिरिजमै पहिलो पटक आकर्षक ग्राडियण्ट कलर डिजाइनको प्रयोग गरेको बताएको छ। 

कम्पनीद्वारा नयाँफोन प्रकृतीबाट अभिप्रेरित भई ‘सनराइज रेड’, ‘ट्वाइलाइट ब्ल्यू’ र ‘स्टारी पर्पल’ गरी ३ भिन्न आकर्षक रंगमा उपलब्ध गराउने तयारी गरिरहेको छ। 

नयाँ फोन एफनाइनमा पृथक ग्राडियण्ट कलर अप्सनका साथै, ओपोकै पहिलो एफएचडी प्लस वाटरड्रप (स्क्रिन ९०.८ प्रतिशतसम्मको स्क्रिन टू बडी रेसियो) को पनि प्रयोग गरेको कम्पनीले जानकारी दिएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...