शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

हरेक वर्ष मनसुनी विपद्, कहिल्यै हुँदैन जोखिमको अध्ययन

पृथ्वी राजमार्गकै कुरा गर्दा, राजमार्गभन्दा माथि पहाडमा अन्य साना बाटोहरु बनेका छन्। पानी पर्दा त्यहाँबाट राजमार्गमा भल र बाढी आउने गर्छ। अनियन्त्रित र योजनाविहीन सडक निर्माण प्रकोपको कारण बनेको छ।
 |  शुक्रबार, जेठ २७, २०७९
nespernesper

रञ्जिता उप्रेती

रञ्जिता उप्रेती

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं- पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन-आँबुखैरेनी सडकखण्डस्थित साँखरमा बिहीबार सडक भासिएर द‍ुई जनाको मृत्यु भयो। राजमार्गको सुपरीवेक्षण गर्न जिम्मेवारी सम्हालेको सडक विभागले कमजोर भूगोलमा फराकिलो सडक बनाउँदा यस्तो समस्या भएको जनाएको छ। भन्छ,'यहाँको भूगोल नै कमजोर देखिन्छ। कमजोर र भिरोलो भूगोलमा एक लेनको साट्टो दुई लेन बनायौं र दुईलेनबाट चार लेनमा विस्तार गर्‍यौं। जसले गर्दा कटलाइन बढ्ने भयो र स्लोपमा दख्खल पुग्यो।’

triton college

विभागका महानिर्देशक अर्जुनजंग थापा भन्छन, 'हामीले यति कमजोर होला सोचेका थिएनौं। १९७४ मा चीनले निर्माण गरिदिएको यस सडकमा अहिलेसम्म पहिरो जाने संकेत देखिएको थिएन।’

नेपालमा यस वर्ष जुन ५ मै मनसुन भित्रियो। मनसुन भित्रिएको हप्ता दिन बित्‍न नपाउँदै देशभर विभिन्‍न स्थानमा लगातार वर्षाका कारण प्राकृतिक प्रकोपको घटना बढन थालेका छन्। केही दिनअघि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ५ घिमिरे गाँउमा पहिरोले घर पुरिँदा एक जना बेपत्ता भए। कारण अविरल वर्षामा घरमाथि सडक खनेर थुपारिएको माटोको ढिस्कोसहित ल्याएको लेदोले घर पुरिएको थियो। 

यस्तै सङखुवासभा चैनपुर नगरपालिका १, नुनढाकी सडक खण्ड निमार्णका क्रममा पहिरो खस्दा दुई श्रमिकको मृत्यु भयो। लगातार वर्षापछि पहिरोका कारण मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्डअन्तर्गत घोडाबाँधे हटिया सडक अवरुद्ध भयो।  यी केही उदाहरण हुन। यस वर्ष मनसुनको समयमा ४ लाख २१ हजार घरधुरी र २० लाख जनसंख्या प्रभावित हुनसक्ने राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले प्रक्षेपण गरेको छ। 

 पहिरो, बाढी र भारी वर्षाका कारण यो ११ वर्षमा २ हजार ३६२ जनाको मृत्यु भएको छ भने  ८८०  जना बेपत्ता भएका छन्। १ हजार ६४६ घाइते भए भने ७८ हजार ८११ परिवार प्रभावित भएका छन्। यी सबै प्रकोपमा करोडौंको भौतिक क्षति भएको छ। 

गत वर्षको वर्षातमा मनसुनजन्य विपद्का कारण २५८ जनाको मृत्यु भएको छ भने ६५ जना बेपत्ता भएका छन्। प्राकृतिक विपत्तिका कारण गत वर्ष १९२ जना घाइते भए। पूर्वाधार तथा संरचनाको तथ्यांक हेर्न हो भने ४५ वटा पुल, ३ बेली ब्रिज र ८७ झोलुङगे पुलमा क्षति पुगेको छ।।

Metro Mart
vianet

यस्तै ५२ जलविद्युत आयोजना, ६७८ खानेपानी स्रोत, ५८ सरकारी भवन र ९३ शिक्षण संस्था प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकले देखाउँछ। मनसुनजन्य विपद्‌बाट भएको क्षतिको विगत ११ वर्षको तथ्यांक ( २०६८ देखि २०७८ ) अनुसार सबैभन्दा बढी पहिरोमा परी १ हजार ३८७ जनाको मृत्यु भएको छ। पहिरो, बाढी र भारी वर्षाका कारण यो ११ वर्षमा २ हजार ३६२ जनाको मृत्यु भएको छ भने  ८८०  जना बेपत्ता भएका छन्। १ हजार ६४६ घाइते भए भने ७८ हजार ८११ परिवार प्रभावित भएका छन्। यी सबै प्रकोपमा करोडौंको भौतिक क्षति भएको छ। 

यस वर्ष प्राधिकरणको अनुमान अनुसार  प्रदेश १ मा ५ लाख ७० हजार २८४, मधेश प्रदेशमा ४ लाख ६५ हजार ४९५, बागमती प्रदेशमा १ लाख ४६ हजार ८२८, गण्डकी प्रदेशमा १ लाख १९ हजार १९८, लुम्बीनी प्रदेशमा ३ लाख ७९ हजार ९०२, कर्णाली प्रदेशमा ५४ हजार ९५५ र सुदूरपश्चिम प्रदेशमा २ लाख ६३ हजार ३१३ जनसंख्या मनसुनमा विभिन्‍न प्रकोपबाट प्रभावित हुनेछन्।  

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पावर हाउस नजिक शुक्रबार भासिएको सडक।

सम्भावित विपद्का आवश्यक बजेटका रुपमा  विभिन्‍न विपद व्यवस्थापन कोषमा सरकारसँग ६ अर्ब ७९ करोड ९० लाख ९ हजार रुपैयाँ छ। तर, यसमा सडक पूर्वाधारमा परेको असर र क्षतिबारे चर्चा गरेको छैन। एकमुष्ट तथ्यांकबाहेक सडक भाँसिदा वा पहिरोले सडक अवरुद्ध हुँदा भएका मानवीय क्षतिको पनि यकिन तथ्यांक सरकारसँग छैन।

सडक विभागले लगातार भारी वर्षा नै सडक पूर्वाधार अवरुद्धको मुख्य कारण भएको बताएको छ। यद्यपि सडक तथा पूर्वाधारविज्ञहरु यसमा केही फरक मत राख्छन्। पछिल्लो समय जथाभावी सडक र पूर्वाधार बनाउने गर्दा विपद्‌मा हुने क्षतिको जोखिम बढेको विज्ञहरु बताउँछन्।

भूगोल कत्तिको बलियो छ र त्यहाँ सम्भावित जोखिम अनुसन्धान नगरी सडक बनाउने हतारोले विपद् निम्ताउने गरेको छ।

हरेक वर्ष मनसुन सुरु भएसँगै सडक पूर्वाधार प्रभावित हुन्छ। सडक विभागले नै निर्माणको कामले नै पहिरोको प्रकोप बढेको स्वीकार्छ। विभागका महानिर्देशक थापा भन्छन्, 'संघीयता लागु भएपछि स्थानीय सरकारको हातमा शक्ति पुगेको छ। स्थानीय सरकारले सङ्घि सरकार र सडक विभागसँग सल्लाह नगरिकनै जथाभावी सडक निर्माण गरेका छन्। यसरी सडक निमार्ण गर्दा खनिएका बाटोहरुमा माटो जम्‍ने पहिरो जाने समस्या देखिन्छ।’

उनका अनुसार अव्यवस्थित बसोबासका कारण पनि पहिरोको जोखिम बढेको हो। राजमार्ग जताजता बन्यो बस्ती विकास पनि त्यतै हुनु पनि अस्‍तव्यस्त बनेका छन्। राजमार्गको दायाँ-बायाँ बस्ती निमार्ण भएका छन्। जसको प्रभाव यसरी राजमार्ग सडकमा परेको छ।’

सरकारको सीमित स्रोत र जनशक्तिलाई कारण देखाउने विभागले जथाभावी सडक निर्माण र जोखिम निरीक्षणमा आफूहरु चुकेको पनि स्वीकार गरेको छ। 

विज्ञ भन्छन् - जोखिम अनुसन्धान नगर्ने र पूर्वाधार विकासबारे ज्ञान नहुँदा विपद्

भूगोलको सम्भावित जोखिम अनुसन्धान नै नगरी नै हचुवाको भरमा सडक बनाउँदा विपद् निम्तिने नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकसमेत रहेका इन्जिनियर आशिष गजुरेल बताउँछन्। उनले भने, 'भूगोल कत्तिको बलियो छ र त्यहाँ सम्भावित जोखिम अनुसन्धान नगरी सडक बनाउने हतारोले विपद् निम्ताउने गरेको छ।’


सिन्धुपाल्चोकको मेलम्ची नदीमा राखिएको अस्थायी पुलमा क्षति। 

अधिकांश नेपाली सडक पहाड काटिएर र खाल्डो पुरिएर बनाइएकाले पहिरो जाने र भासिने जोखिम उच्च रहेको उनले बताए। उनले भूगोलको अध्ययन गरेर त्यसको जोखिम पत्ता लगाएर सडक निमार्ण गरे विपद्‌बाट बच्‍न सकिनेसमेत बताएका छन्। 'जापानी सहयोगले बनाएको बर्दिबास सिन्धुली खण्ड अन्य सडकभन्दा तुलनात्मक रुपमा यस्ता विपद्को जोखिम कम पाइएको छ,' उनले भने, 'भिरलाई भत्काउनुभन्दा तार जाली लगाएर भूभाग उठाएर बनाइएको छ। यो गतिलो उदाहरण हो। पहाडलाई काटेर सडक खन्‍नुको विकल्प खोजेकाले यो बाटो वर्षायाममा अन्य राजमार्गभन्दा सुरक्षित भएको हो। तर सडकमा रिटेइनिक वाल लगाउन महँगो पर्ने भएकाले यसको प्रयोग न्युन भएका छन्। ’

पृथ्वी राजमार्गकै कुरा गर्दा, राजमार्गभन्दा माथि पहाडमा अन्य साना बाटोहरु बनेका छन्। पानी पर्दा त्यहाँबाट राजमार्गमा भल र बाढी आउने गर्छ। यसले गर्दा पनि पहिरो बढेको छ। अनियन्त्रित र योजनाविहीन सडक निर्माण प्रकोपको कारण बनेको छ।

सम्पूर्ण निमार्णको एक तिहाइभन्दा कम सडक सडक विभागले बनाएको छ। बाँकी ग्रामिण सडक स्थानीय तहले बनाएका छन्। उनले भने,'विभागले दिगो विकासको मापदण्ड पुर्‍याएर सडक बनाएको भए  पनि स्थानीय तहमा आफ्नो सहज पर्ने ठाउँमा डोजर लगाएर सडक निर्माण भएको र अध्ययन बिना बनाइएका सडक भू-क्षयको प्रमुख कारण बनेका छन्।' 

यातायात मन्त्रालयका पूर्व सहसचिव इन्जिनियर राजेन्द्रराज शर्माले जनप्रतिनिधीलाई आफ्नो कार्यकालमा बजेट सिध्याउने हतारो हुने भएकाले झारो टार्ने विकासले पहिरोको जोखिम बढाएको बताउँछन्। उनी भन्छन्, 'पहाडमा जथाभावी  बाटो खनिएकाले प्रकोप बढेको छ। पहाडी सडकको दायाँ र बायाँ सडक खनेर माटो खुकुलो बनेका छन्। भर्खरै मनसुन भएको अवस्थामा पनि कतिपय ठाउँमा  बाटो बन्द भइसकेको छ।’

शर्माका अनुसार जनप्रतिनिधीसँगै ठेकेदारहरुको काममा पारदर्शीता नहुनुले पनि विकास निर्माणमा समस्या भएको उनी बताउँछन्। कम शुल्कमा प्रोजेक्ट लिने र कमसल सामान राखेर नाफा गर्ने प्रवृत्ती पनि प्रकोपको कारक रहेको उनको तर्क छ। 

उनी  भन्छन्, 'पृथ्वी राजमार्गकै कुरा गर्दा, राजमार्गभन्दा माथि पहाडमा अन्य साना बाटोहरु बनेका छन्। पानी पर्दा त्यहाँबाट राजमार्गमा भल र बाढी आउने गर्छन्। यसले गर्दा पनि पहिरो बढेको छ। अनियन्त्रित र योजनाविहीन सडक निर्माण प्रकोपको कारण बनेको छ।’

उनका अनुसार मौसम र सडकको अवस्थाबारे अलर्ट गर्ने सिस्टम राख्‍न सकेमा मानवीय क्षतिको जोखिम कम गर्न सकिन्छ। यद्यपि केही सडकखण्डमा यस्तो व्यवस्था राखे पनि प्रभावकारी बन्‍न सकेको छैन। यसलाई सुधार र विस्तार गर्नुपर्ने उनको सुझाव छ। 

उनले भने, 'सडक निर्माण, पूर्वाधारको जोखिम न्युनिकरण, विपद्को सुरक्षाजस्ता कुराहरु जनप्रतिनिधिहरुलाई फिल हुने गरी बुझाउनु पर्‍यो। विदेशी प्रतिवेदनहरु नेपालीमा अनुवाद गरेर त्यही अनुसारको मापदण्ड बनाने नीति बनाएर मात्र हुँदैन। त्यसको कार्यान्वयन प्रभावकारी बनाउन पूर्वाधार निर्माणप्रति संवेदनशीता देखाउने र आवश्यक तालिम र प्रशिक्षणहरु गराउनुपर्छ। यससँगै कमसल पूर्वाधार बनाउनेलाई तत्काल कारबाही गर्ने प्रणालीको पनि विकास गरिनुपर्छ।' 

प्रकाशित: Jun 10, 2022| 20:53 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्