शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • संवाद
  • म अन्य पार्टीमा जान्‍नँ, रेणु जितको कारण बलियो व्यवस्थापन हो : जगन्‍नाथ पौडेल

म अन्य पार्टीमा जान्‍नँ, रेणु जितको कारण बलियो व्यवस्थापन हो : जगन्‍नाथ पौडेल

लगभग रेणुजीले चुनाव जित्‍नुभयो उहाँलाई बधाई दिनुपर्छ। उहाँको लोकप्रियता पनि होला, तर त्यो भन्दा बढी चुनावमा उहाँहरुको व्यवस्थापन धेरै बलियो देखियो। त्यसैको रिजल्ट हो आसन्‍न विजय।
 |  आइतबार, जेठ ८, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

आइतबार, जेठ ८, २०७९

भरतपुर- चितवनको भरतपुर महानगरपालिकामा यतिबेला २० वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ। हालसम्म्को मतगणना अनुसार नेपाली कांग्रेसले १२, एमालेले ५ वटा, एकीकृत समाजवादीले २ र नेकपा माओवादीले १ वडा जितेको छ। 

triton college

त्यस्तै मेयर पदका लागि सत्ता गठबन्धनकी उम्मेदवा नेकपा माओवादी केन्द्रकी रेणु दाहालले फराकिलो मतान्तर बनाएकी छन्। दाहालले नेकपा एमालेका उम्मेदवार विजय सुवदीलाई ८ हजारभन्दा बढीको मतान्तरले पछाडि पारेकी छन्। हालसम्म रेणु दाहालले ३८ हजार ६५५ मत ल्याएकी छन् भने सुवेदीले ३० हजार १६३ मत प्राप्त गरेका छन्। 

२०७४ को निर्वाचनमा मतपत्र च्यातिएपछि सबैको ध्यान तानिएको भरतपुरमा यसपटक नेपाली कांग्रेसबाट असन्तुष्ट भएपछि स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलका केन्द्र राजनीतिको ध्यान केन्द्रित भएको छ। सत्ता गठबन्धनले भरतपुर महानगरको मेयर रेणु दाहाललाई दिने निर्णय गरेपछि असन्तुष्ट बनेको पौडेलले आफ्नो उम्मेदवारी दिए। उनलाई उम्मेदवारी फिर्ता गराउन निकै प्रयास गरिए पनि सत्ता गठबन्धन सफल भएन। बरु पौडेलका कार्यकर्ताले उनलाई घरमा नै छेकेर राखि नेताहरुसँग भेट हुन दिएनन्। पौडेलले पनि आफ्नो अडानलाई छोडेनन् र चुनावी चिह्न भुँइकटहरको साथ निर्वाचनमा होमिए। 

तीनै पौडेलले २० वडाको मतगणना सकिँदासम्म १२ हजार ६४१ मत प्राप्त गरेका छन्। तर अझै आफूले अपेक्षा गरेभन्दा कम मत आएको उनी बताउँछन्। वैशाख २६ सम्म आफ्नो पक्षमा माहोल बनेको भए पनि निर्वाचनको मौन अवधिमा आर्थिक चलखेल हुँदा आफ्नो पक्षको माहोल गिजोलिएको उनको भनाई छ। 

आइतबार मतगणनास्थलमा भेटिएका उनै पौडेलसँग गरिएको कुराकानी :

corrent noodles
Metro Mart

हालसम्म तपाईंलाई प्राप्त भएको मतलाई कसरी लिनुहुन्छ? 

वैशाख २६ गतेसम्म मेरो एक किसिमको माहोल बनेको थियो। तर, जब निर्वाचनको मौन अवधि सुरु भयो, तब धेरै आर्थिक चलखेल भए। निर्वाचन आचारसंहिताहरु सबै उल्लंघन भयो। अहिले मलाई मत दिनेहरु लोकतन्त्रप्रति प्रतिबद्ध छन्। कांग्रेसका लागि जीवन समर्पित गर्नेहरु हुन्। मलाई मत दिनेहरु कांग्रेसका ब्याकवोनहरु हुन्। 

कांग्रेसका प्रमुख शक्तिका स्रोतहरु हुन्। यति धेरै जनताको समर्थन महानगरभित्र छ भने पक्का पनि यसले देशमा एक प्रकारको तरंग उत्पन्‍न गर्छ, म गौरावान्वित छु। मेरो विचारमा १८ हजारको हाराहारीमा मैले मत पाउँछु भन्‍ने लाग्छ। 

तपाईंलाई जति मानिसले मत हालेका छन्, उनीहरुको संरक्षण गरेर कसरी अगाडि बढ्नुहुन्छ? 

यो हाम्रो नीतिगत सैद्धान्तिक कुरा हो। पार्टी विरोधी कुरा होइन। पार्टीले ठिक बाटो समात्‍न पर्‍यो, पार्टीले आफ्नै लाइनमा हिँड्न पर्‍यो। पार्टीले पार्टीका कार्यकर्तालाई संरक्षण गर्नपर्‍यो। पार्टीले पार्टीका कार्यकर्ताको औकात, हैसियत, उनीहरुले पार्टीमा गरेको लगानी, पार्टीप्रतिको समर्पणको आधारमा पार्टीले निर्णय गरोस् भन्‍नका लागि मैले यो कदम चालेको हो। 

तपाईं लगायतलाई पार्टीले कारबाही गरिसकेको छ, आगामी दिनमा तपाईंका कार्यकर्ता पनि तितरवितर हुने हुन् की भन्‍ने लख काटिएको छ नि? 

यो कारबाहीको कुराबारे मैले भनिसकेकको छु। मैले पार्टीको आदेशको पालना गरेको छु र पार्टीले विधानको अधिनमा रहेर काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो। त्यसैले मलाई यो कारबाहीको कुनै चिन्ता छैन। र कारबाहीको चिन्ता मेरो साथमा उभिएका साथीहरुलाई पनि छैन। किनकी कारबाहीको डरबाट धेरै साथीहरु  म बाट विमुख भए। 

चुनावको पूर्वसन्ध्यामा साथीहरुलाई कारबाही हुन्छ भनियो, धम्क्याइयो, एकप्रकारको प्रपञ्‍च रचियो पनि। केही साथीहरुले कारबाही भोगे पनि। मलगायत केही साथीहरुलाई सूचना आएको छ तर पत्र आएको छैन। म त्यसलाई कारबाही भन्दिनँ। त्यो एउटा हप्की-दप्की हो। गठबन्धनको पक्षमा आउ भन्नका लागि मात्रै मलाई तर्साइएको हो। कारबाही म मान्दिनँ। अर्को कुरा कारबाही हुन्छ भन्‍ने सन्देश दिएको भए पनि कारबाही भोग्न तयार भएर यी मान्छेहरु साथमा छन्, रहन्छन्, ती मान्छेहरु पनि कांग्रेसलाई बलियो बनाउने शक्तिको रुपमा हुन्छन्। 

हामी मुल पार्टी हौं र मुलधारमा छौं, हामीलाई अन्य पार्टीमा जान आवश्यक छैन। हँसिया हथौडाको प्रचार गरेर हिंड्नुभएका साथीहरु पनि आउने ठाउँ त यही हो नी। हँसिया हथौडालाई भोट हाल्ने  साथीहरु विस्तारै हाम्रोमा आउँछन्।  

उनीहरु अन्य पार्टीहरुमा पो जान्छन् कि? 

हामी किन अरु पार्टीमा जाने? हामी मुल पार्टी हौं र मुलधारमा छौं, हामीलाई अन्य पार्टीमा जान आवश्यक छैन। तपाईं हेर्दै जानुहोला हँसिया हथौडाको प्रचार गरेर हिंड्नुभएको छ, पछि आउने ठाउँ त यही हो नी। हँसिया हथौडालाई भोट हाल्ने  साथीहरु विस्तारै हाम्रोमा आउँछन्। तपाईले सुन्नुभएको होला फेरि बाम नेताहरुको दौडधुप सुरु भइसकेको छ। बाम–बाम एक ठाम भन्ने कुरा सुनिसकिएको छ यस्तो अवस्थामा कसरी बस्‍न सकिन्छ र? 

लगभग रेणुजीले चुनाव जित्‍नुभयो उहाँलाई बधाई दिनुपर्छ। उहाँको लोकप्रियता पनि होला, तर त्यो भन्दा बढी चुनावमा उहाँहरुको व्यवस्थापन धेरै बलियो देखियो। त्यसैको रिजल्ट हो आसन्‍न विजय।

बाम गठबन्धनको सम्भावना कत्तिको देख्नुहुन्छ?

यो स्वार्थप्रेरित गठबन्धन हो। यो कुनै नीतिगत गठबन्धन होलाजस्तो मलाई लाग्दैन। अब अहिले कांग्रेसले चुनाव जित्यो भन्‍ने कुरा छ। कांग्रेसले चुनाव जित्यो कि हार्‍यो, कति घाटा नाफा भयो भन्ने कुराको समीक्षा हुन्छ। बामपन्थी भन्नेहरुको बीचमा हुने गठबन्धनको पनि मुल उद्देश्य सत्तामा जाने हो। सत्तामा जानुमात्रै आजको राजनीतिको लक्ष्य हुनु हुँदैन। सत्तामा गएर के भयो त? यो कुरा गम्भीर हो। त्यसैले बाम गठबन्धन पनि स्वार्थ प्रेरित हो। 

भूइँकटहरले गठबन्धनको धेरै मत काट्छ भन्‍ने थियो, तर रेणुले निकै फराकिलो अग्रता बनाउनु भयो नि? 

रेणुलाई तीनतिरको मत गएको छ। कांग्रेसको, माओवादीको र एमालेको पनि मत गएको छ। सूर्यका धेरै मतहरु रेणुलाई गएका छन्। मलाई पनि चौतर्फी मत आएको छ। तर सोचेअनुसार आएन। 

अब लगभग रेणुजीले चुनाव जित्‍नुभयो उहाँलाई बधाई दिनुपर्छ। उहाँको लोकप्रियता पनि होला, तर त्यो भन्दा बढी चुनावमा उहाँहरुको व्यवस्थापन धेरै बलियो देखियो। त्यसैको रिजल्ट हो आसन्‍न विजय। उहाँलाई मेयर बनाउनका लागि सबैकुरा मिल्यो। रेणुलाई आएको मत केही प्रतिशत विकासको योगदान होला तर त्यो भन्दा ठूलो कुरा उहाँहरुको व्यवस्थान हो, त्यो धेरै राम्रो हो। 

तपाईंले मत काट्दा एमालेलाई घाटा लागेको हो? 

अब एमालेले भरतपुरको मेयरका लागि जितको आत्मविश्वास गुमाइसक्यो। मैले त मेरै मत ल्याएको हो। घाटा-नाफा कसलाई भयो भन्‍ने कुरामा म जान चाहन्‍नँ। मलाई आउने मतको प्रकृति हेर्नुभयो भने चौतर्फी छ र संवेदनशील मत मलाई आएका छन्। मलाई मत दिनेहरु जागरुक, चेतनशील छन्, उनीहरुको निष्ठाको राजनीतिको लागि पुरस्कारका दिनुपर्छ। 

अब तपाँइको यात्रा राजनीतिमा कस्तो हुनेछ? 

म त पार्टीलाई सुदृढ, संगठित बनाउनुपर्छ, पार्टीमा निष्ठाको कदर हुनुपर्छ भनेर राष्ट्रियस्तरमा संयोजनको रुपमा काम गर्नेछु। मेरो पार्टीसँग कुनै तिक्तता छैन। कुनै नराम्रो छैन, म समदूरीमा छु। मेरो व्यक्तिगत कुरा होइन। राजनीतिको लागि यो कदम चालेको हुँ। मलाई नजिक र टाढा हुनुपर्ने कारण छैन। 

 




प्रकाशित: May 22, 2022| 18:45 आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...