शुक्रबार, साउन २९, २०८३

केशव स्थापितले मधेशको आत्मसम्मानमा चोट पुर्‍याए : पौडेल

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौं महानगरको प्रमुखका लागि नेकपा एमालेका उम्मेदवार केशव स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पुर्याएको भन्दै आपत्ति जनाएका छन्।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौं महानगरको प्रमुखका लागि नेकपा एमालेका उम्मेदवार केशव स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पुर्याएको भन्दै आपत्ति जनाएका छन्।  

महानगरको प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहलाई लक्षित गरेर अभिव्यक्ति दिएपछि उनले स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पुर्याएको भन्दै आपत्ति जनाएका हुन्।  

‘केशव स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पुर्याउनु भएको छ,’ नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘साम्प्रदायिक घृणा र ध्रुवीकरणको यो घिनलाग्दो खेल केपी ओलीले पहिल्यै खेलिसक्नु भएको हो। महिलामाथि त सार्वजनिक मञ्च मै हिंसा भइरहेको छ।’ 

स्थापित अर्कै ग्रहबाट पहिलोपटक काठमाडौं ओर्लेजस्तो गरी चुनावी ‘फन्डा’ गरिरहेको उनको टिप्पणी छ। हिंसा, विद्वेष, सिद्धान्तहीनता र अवसरवाद काठमाडौंको रोजाइ हुन नसक्ने नेता पौडेलको भनाइ छ। 

‘हावा गफ त ओलीजीबाटै टन्न अघाउने गरी सुनिसकेका छौँ,’’ उनले भनेका छन्, ‘स्थापित र ओलीका नाममा उर्दुको एउटा शेरः एक ही उल्लु काफी था बरबाद गुलिस्तां करनेको, अंजाम गुलिस्तां क्या होगा जब हर डाल पर उल्लु बैठा हो।’

नेता पौडेलले स्थापित काठमाडौँ महानगरको प्रमुखमा निर्वाचित भएको, शाही शासनकालमा मनोनित मेयर बनेको, बाबुराम भट्टराई सरकारको पालामा काठमाडौँ उपत्यका विकास प्राधिकरणको जागिर खाइसकेको पनि स्मरण गराएका छन्। 

‘रह्यो, योजना र कार्यक्रममा स्थापितले निर्वाचित मेयरको रुपमा पूरै पाँच वर्षको कार्यकाल पूरा गरिसक्नु भएको हो। शाही शासनकालमा ज्ञानेन्द्रको मनोनीत मेयर भएर पनि काठमाडौँको सेवा गरिसक्नु भएको हो,’ उनले लेखेका छन्, ‘त्यतिले नपुगेर  बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा काठमाडौँ उपत्यका विकास प्राधिकरणको जागिर पनि खाइसक्नु भएको हो।’

प्रकाशित: May 03, 2022| 14:06 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...