शुक्रबार, साउन २९, २०८३

कति जिल्लामा पुग्यो मतपत्र?

स्थानीय तह निर्वाचन २०७९ का लागि जिल्लामा मतपत्र ढुवानीको काम धमाधम भइरहेको निर्वाचन आयोगले जनाएको छ।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं- स्थानीय तह निर्वाचन २०७९ का लागि जिल्लामा मतपत्र ढुवानीको काम धमाधम भइरहेको निर्वाचन आयोगले जनाएको छ। 

आइतबारसम्म ६० जिल्लामा मतपत्र ढुवानी भएको आयोगले जनाएको हो। १७ जिल्लामा मतपत्र पठाउन बाँकी रहेकोमा केही जिल्लामा सोमबार बिहानै मतपत्र पठाइने आयोगको जनाएको छ। 

आयोगका अनुसार वैशाख १७ गतेसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको थियो। यस्तै १८ गते लुम्बिनी प्रदेशका सबै जिल्लाका लागि मतपत्र पठाइएको छ। 

अब मधेस प्रदेशका आठ जिल्ला, प्रदेश १ को मोरङ, बागमती प्रदेशको रसुवा, चितवन, ललितपुर, काठमाडौं, भक्तपुर, रामेछाप, सिन्धुली र जनकपुरमा मतपत्र पठाउन बाँकी रहेको आयोगले जनाएको छ। रामेछाप, सिन्धुली र दोलखामा आज बिहान पठाइने आयोगको भनाइ छ। 

कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बाग्मती प्रदेशका ५ जिल्लामा मतपत्र पुगिसकेको छ। वैशाख २३ गतेसम्म सबै ठाउँमा मतपत्र ढुवानी छ।

प्रकाशित: May 02, 2022| 06:40 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...