शुक्रबार, चैत २९, २०८१

राजनीतिकी रेखा

पेरिसडाँडा पुगेरै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टिका लगाएर रेखाले ‘लालसलाम’ गर्न सिकेकी थिइन्। यहाँसम्म कि, ‘लालुपाते लुङ्ग्यो भुइँतिर’ बोलको गीतमा रेखा प्रचण्डसँगै नाचिन्। त्यसले नेपालको केन्द्रीय राजनीतिक वृत र सञ्चारमाध्यममा ठूलै कम्पन दियो।
 |  शनिबार, वैशाख १०, २०७९
nespernesper

दिलीप कुँवर

दिलीप कुँवर

शनिबार, वैशाख १०, २०७९

vianetvianet

म एक्लै उभिएकी छु

triton college

अलि प...र हल्ला गरिरहेका छन्, एउटा झुण्ड

सायद उनीहरु डराइरहेका छन् मेरो छायासँग 

किनकि म घामसँग उभिएकी छु। तर, एक्लै उभिएको छु म। 

यी वाक्य कुनै प्रख्यात कविका कविताका अंश होइनन्। कुनै महान् दार्शनिकले दिएको अभिव्यक्ति पनि होइन। न त कुनै शासक र माफियाले थापेको अक्षरहरुको एम्बुस नै हो। 

National life insurance

यी वाक्य त रेखा थापाको निजि विचार हुन्। जो वर्षौँदेखि उनको गोप्य डायरीमा बसेर परिवर्तनको नयाँ सपना डिजाइन गरिरहेका थिए। जो, कुरुप राज्य व्यवस्थासँग बार्गेनिङ गरिरहेका थिए।

000

बिहान ढिला उठ्थिन्, रेखा। ओछ्यानमै आइपुग्थ्यो तातो पानी र कफी। आनान्दले ब्रेकफास्ट गर्थिन्। आफ्नै अनुकुलको समयमा लन्च गर्थिन्। सुटिङको लागि कहाँ पुग्नु पर्ने हो, त्यही पुर्याउन निर्देशन दिन्थिन् सहयोगीलाई। 

उनी सुटिङ स्पटमा पुगेपछि गाडीको ढोका खोल्न कोही न कोही दौडेर आउथे। उनलाई छाता ओढाउने मानिस छुट्टै थियो। निधारको पसिना पुछिदिने मानिस छुट्टै थियो। मिनेट मिनेटमा उनको श्रृंगार र मेकअप गरिदिने मानिस छुट्टै थियो। उनलाई स्कृप्टको संवाद सुनाउने मानिस छुट्टै थियो। उनी हिँड्ने बाटोमा काँडाहरु पन्छाउने मानिस छुट्टै थियो। उनको प्रत्येक पैतालाहरुको सुरक्षा गर्ने छुट्टै थियो। 

एकदिनमा कुन चलचित्रको कति छायांकन गर्ने भन्ने कुरा रेखाकै मुडमा भर पर्दथ्याे। उनको दैनिकी प्रायः निर्देशक, निर्माता, गायक, संगीतकार वा विभिन्न सेलीब्रेटीहरुको भीडमै बित्थ्यो। 

साँझ पनि उनलाई जे खान मन लाग्थ्यो, त्यहीँ खान्थिन्। जहाँ पुगेर डिनर गर्न मन लाग्छ, त्यहीँ पुगेर डिनर गर्थिन्। त्यो चाहे महंगा रेष्टुराँ, लाउन्ज, क्लब वा रिर्सोट नै किन नहोस्। 

रेखासँग के नै अभाव थियो र? नाम, दाम र काम सबैमा अब्बल थिइन् उनी। 

तर अहिले सब परिवर्तन भयो। चलचित्रले दिलाएको सफलता र सम्पन्नताले उनी सन्तुष्ट हुन सकिनन्। बाहिरबाट हेर्नेहरुले/देख्नेहरुले त रेखालाई भनिदिएकै थिए, नेपालकै नम्बर वान हिरोइन्। तर रेखा भने खुशी मात्र थिइन्, मनदेखि भने सन्तुष्ट थिइनन्।

अन्ततः रेखा अहिले आफ्नै सन्तुष्टिको लागि जनताको सेवक बन्ने ठोस निर्णयमा पुगेकी छन्। या भनौँ, राजनीतिको नयाँ रेखा कोरिरहेकी छन्, रेखा। 

सफल अभिनेत्री रेखाको राजनीतिक संघर्ष
रेखाको राजनीतिक अभ्यास भने नयाँ होइन। ०६७ सालमै तत्कालिन एमाओवादीमा प्रवेश गरेर राजनीतिक करिअर सुरु गरेकी थिइन्, उनीले। भलै, चलचित्र अरिअर र राजनीतिक करिअरलाई सँगै ब्यालेन्स अघि बढाउन उनलाई सकस नै पर्यो। 

पेरिसडाँडा पुगेरै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका लगाएर रेखाले ‘लालसलाम’ गर्न सिकेकी थिइन्। यहाँसम्म कि, ‘लालुपाते लुङ्ग्यो भुइँतिर’ बोलको गीतमा रेखा प्रचण्डसँगै नाचिन्। त्यसले नेपालको केन्द्रीय राजनीतिक वृत र सञ्चारमाध्यममा ठूलै कम्पन दियो। 

प्रकाशित: Apr 23, 2022| 09:31 शनिबार, वैशाख १०, २०७९
प्रतिक्रिया दिनुहोस्