सोमबार, वैशाख ८, २०८२

सुदूरपश्चिमका स्थानीय तहमा निर्वाचनको तयारी तीव्र

प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी तीव्र पारेका हुन्।
 |  बिहीबार, वैशाख ८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९

vianetvianet

डोटी- डोटीसहित सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ। प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी तीव्र पारेका हुन्। 

triton college

सुदूरपश्चिमका ८८ स्थानीय तहका १ हजार १३५ मतदानस्थलमा २ हजार १०३ मतदान केन्द्रबाट मतदान हुने व्यवस्था मिलाइएको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए।

प्रदेशका सबै निर्वाचन कार्यालयले बिहीवार ९ वटै जिल्लाका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरेको छ। 

अहिले निर्वाचनका लागि आवश्यक सामग्री मतदान केन्द्रमा पुर्‍याउने काम भइरहेको निमित्त प्रमुख भट्टले बताए। प्रदेशमा रहेका ८८ स्थानीय तहका प्रमुख र उपप्रमुखसहित ७३४ वडाध्यक्ष र २ हजार ९३६ वडा सदस्यका लागि हुने निर्वाचनबाट कूल ३ हजार ८४६ जनप्रतिनिधि निर्वाचित हुनेछन्।

सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी मतदाता र मतदान केन्द्र छन्। कैलालीका १३ पालिकामा ६१९ मतदान केन्द्रमा सुरक्षाकर्मीबाहेक ४ हजार बढी कर्मचारी खटिनेछन्। कञ्चनपुरका ९ पालिकाका ३४१ मतदान केन्द्रमा १ हजार ८०० बढी कर्मचारी खटिने भएका छन्।

National life insurance

सुदूरपश्चिममा यस वर्ष १६ लाख ३२ हजार १५० मतदाताले स्थानीय तहको निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने भएका छन्। जसमध्ये ८ लाख ३१ हजार ४७० महिला, ८ लाख ६६२ पुरुष र १८ तेस्रोलिङ्गी छन्।

डोटीका ९ वटा स्थानीय तहमा रहेका मतदानस्थलको अनुगमन तथा निरीक्षण गर्ने काम सम्पन्न भइसकेको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए। उनले भने, 'हामीले एक चरणमा मतदान स्थलको निरीक्षण तथा अनुगमन गरिसकेका छौं, पुनः अर्को पटक निरीक्षणको तयारी छ।' 

कुन मतदान स्थलमा कति जना सुरक्षाकर्मी खटाउने सो विषयमा छलफल भइरहेको प्रजिअ विष्टले जानकारी दिए। डोटीमा पछिल्लो सयम राजनीतिक दलहरू स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गाउँ पुग्न थालेका छन्। चुनावको मिति घोषणासँगै कांग्रेस, एमाले, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्रलगायत प्रमुख राजनीतिक दलले कार्यकर्ता भेटघाट, पार्टी भेला, प्रशिक्षण, बैठकलगायत कार्यक्रमलाई तीव्रता दिएका छन्।

डोटीमा १ लाख २४ हजार १४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी दलबहादुर मलासीले जानकारी दिए।  रासस

प्रकाशित: Apr 21, 2022| 10:14 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।