आइतबार, साउन ३१, २०८३

चुनाव नलड्ने घोषणा गरेको विप्लव पार्टी किन पुग्यो निर्वाचन आयोग?

आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवारी पनि नदिने र बहिष्कार पनि नगर्ने घोषणा गरेको नेत्रविक्रम चन्द नेतृत्वको नकेपा निर्वाचन आयोग पुगेको छ।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

काठमाडौं- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा निर्वाचन आयोग पुगेको छ। बिहीबार पार्टीका महासचिव खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'सहितको टोली निर्वाचन आयोग पुगेको हो। 

प्रकाण्डसहितको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग छलफल गरेको छ। वैशाखमा हुने स्थानीय निर्वाचनमा सहभागी हुने विषयमा छलफल गर्न टोली आयोग पुगेको बताइएको छ। 

यसअघि पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवारी पनि नदिने र बहिष्कार पनि नगर्ने घोषणा गरेको थियो। प्रकाण्डलगायतका नेताहरू भने निर्वाचनमा जानुपर्न बताउँदै आएका थिए। पार्टीले त्यसको पक्षमा निर्णय गरेको थिएन। 

प्रकाशित: Apr 07, 2022| 15:36 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...