काठमाडौं– नेकपा एमालेले निर्वाचन आयोगको आचारसंहिताप्रति ६ बुँदे असहमति जनाएको छ। बिहीबार पार्टीका महासचिव शंकर पोखरेल नेतृत्वको प्रतिनिधिमण्डल आयोग पुगेर ६ बुँदे असहमति जनाएको हो।
आशन्न स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा भएका त्रुटिहरू केलाएर एमालेले ध्यानाकर्षण गराएको छ। साथै निर्वाचन धाँधलीरहित, स्वच्छ र निष्पक्ष बनाउन आफ्नो पार्टीको साथ रहने प्रतिबद्धता पनि जनाएको छ।
एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले आयोगमै पुगेर ६ बुँदे ध्यानाकर्षणसहितको प्रतिबद्धतापत्र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई बुझाएको छ। सो पत्रमा आयोगले चैत ३ गते राजपत्र जारी गरेर सार्वजनिक गरेको ‘निर्वाचन आचारसंहिता २०७८’ मा रहेका विभिन्न त्रुटिहरू ६ बुँदामा उल्लेख गरिएको छ
यस्तो छ एमालेको असहमति