आइतबार, साउन ३१, २०८३

बार अध्यक्षमा घिमिरेको अग्रता दोब्बर

नेपाल बार एसोसिएसनको २६औं केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता कायमै राखेका छन्।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

काठमाडौं- नेपाल बार एसोसिएसनको २६औं केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता कायमै राखेका छन्।

बिहीबार मध्याह्नसम्म ३३ केन्द्रको मतगणना भएको छ। मतगणनामा घिमिरेले दोब्बर मतान्तरले अग्रता बढाएका छन्।

घिमिरले २२१५ मत पाएका छन्। त्यस्तै, प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका तर्फबाट अध्यक्षका उम्मेदवार विष्णुमणि अधिकारीले ११२२ मत प्राप्त गरेका छन्।

प्रमुख निर्वाचन अधिृकत तथा वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार अहिलेसम्म ३३ केन्द्रको मतगणना सम्पन्न भएको छ। आजदेखि आठ स्थानमा मतगणना भइरहेको छ।

त्यस्तै, अन्य पदमा पनि घिमिरेकै समूहले अग्रता लिएको छ। महासचिवमा अञ्जिता खनालले १९५१ मत पाएकी छन् भने केदारप्रसाद कोइरालाले १३०० मत पाएका छन्।

कोषाध्यक्षमा भरतबहादुर राउतले २१५१ मत ल्याउँदा अर्का उम्मेदवार जगतबहादुर कार्कीले ११७५ मत प्राप्त गरेका छन्।

मंगलबार बिहानदेखि मतगणना शुरू भएको हो। आज बिहान ९ बजेदेखि पुनः मतगणना भइरहेको छ।

१९ चैतमा भएको निर्वाचनमा ७४२९ मत खसेको थियो। 

प्रकाशित: Apr 07, 2022| 13:31 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...